सर्वोच्चको आदेश प्रहरीले मानेन, कारण यस्तो छ

काठमाडौं, १२ वैशाख । प्रहरी प्रधान कार्यालयले सर्वोच्च अदालतको आदेश अवज्ञा गरेको छ । सर्वोच्चले डिआइजी नवराज सिलावललाई अदालतमा उपस्थित गारई तुरुन्त थुनामुक्त गर्न दिएको आदेश प्रहरी प्रधान कार्यालयले उल्लंघन गरेको हो । आजको नागरिक दैनिकमा खबर छ– प्रधानन्यायाधीश सुशीला कार्किको एकल इजलासले पक्राउ परेका सिलवाललाई सोमबारै अदालतमा उपस्थित गराई थुनामुक्त गर्न आदेश दिएको थियो । तर, सोबार बेलुकीसम्म सर्वोच्चमा सिलवाललाई उपस्थित गराइएन । प्रहरी प्रधान कार्यालयले भने बयानका लागि सोमबार नियन्त्रणमा लिइएका सिलवाललाई घरमा लगेर छोडेको दाबी गरेको छ । नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले सर्वोच्च अदालतको आदेशबारे औपचारिक जानकारी नआएको बताए । खनालले भने, ‘अदालतको आदेशबारे हामीलाई औपचारिक जानकारी छैन । हामीले बयानका लागि उहाँलाई घरबाटै ल्याएका थियौं । घरमै लगेर छोड्यौं ।’

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला