चीनले किन बोलायो नेपाल सरकारका प्रतिनिधि ? महरा बेइजिङ जाने

काठमाडौं, १५ वैशाख । चीनको बेइजिङमा हुने ‘वान बेल्ट वान रोड (ओबीओआर)’ परियोजना सम्मेलनमा नेपालले सहभागी जनाउने निश्चित भएको छ ।
नेपालले सम्मेलनअगावै परियोजनामा सहभागितासम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर गर्ने भएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी चीन जान निर्देशन दिएका छन् ।


प्रधानमन्त्री दाहाल गत महिना चीन भ्रमणका क्रममा ओबीओआरको सहमतिमा हस्ताक्षर गरी सम्मेलनमा सहभागी हुने चिनियाँ राष्ट्रपतिसहितका नेताहरूलाई प्रतिबद्धता जनाएका थिए ।

प्रधानमन्त्री दाहाल चीन भ्रमणका क्रममा ओबीओआरमा प्रतिबद्धता जनाएपछि मात्र राष्ट्रपति सीसँग भेट तय भएको थियो ।

प्रधानमन्त्री दाहालले आफूले गरेको प्रतिबद्धताअनुरूप सम्मेलनमा सहभागी हुन अर्थमन्त्री महरालाई नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरी चीन जान भनेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यसबारेमा प्रधानमन्त्री कार्यालयले परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा ऋषिराज अधिकारीले बताए ।

सम्मेलनमा सहभागी हुनका लागि प्रधानमन्त्री दाहाललाई चीनले निम्तो दिए पनि नेपालमा स्थानीय तहको निर्वाचनका कारण उनी सहभागी हुन नसक्ने भए पनि उपप्रधानमन्त्री महरालाई त्यसतर्फ जान भनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ओबीओआर सम्मेलन १४ र १५ मेमा बेइजिङमा हुँदै छ । नेपालमा वैशाख ३१ अर्थात् १४ मेमा नै पहिलो चरणको स्थानीय तहको निर्वाचन हुँदै छ ।
 

Comments

Popular posts from this blog

बाफरे महिलाहरुले आफु सुन्दरी बन्न यति सम्म गर्छन् भन्ने त सोच्न पनि सकिन्न ! हेर्नुहोस भिडियो जे देखियो

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!