आफ्नै भिडियो बनाएर यी २७ वर्षीय युवतीले कमाइन् ५० करोड???

नियाँमा पैसा कमाउने अनेक तरिकाहरु छन् । ती तरिकाहरु सही रुपमा लागु गर्न सकिए कुनै गाह्रो छैन भन्ने कुरा पुष्टि गरिदिएकी छन्, एक युवतीले । भारतकी लिली सिंह नामकी युवतीले ५० करोड रुपैयाँ कमाएकी छन्, एउटा त्यस्तै आइडियाको भरमै । अहिले संसारमा सामान्य मानिसदेखि सेलिब्रेटीसम्म युट्युबमार्फत लाखौं रकम कमाइ गर्छन । फोब्र्सले सन् २०१६ मा युट्युबबाट करोडौं कमाउनेको सूची सार्वजनिक गरेको छ । यो लिष्टमा एक भारतीय मुलकी महिला परेकी छिन् लिली सिंह । जसको युट्युबबाट वार्षिक कमाइ ५० करोड रुपैयाँभन्दा बढी रहेको छ । २७ वर्षीया लिलीले यो कमाइ आफ्नो युट्युब च्यानल IISuperwomanII बाट गरेकी हुन् । फोब्र्सको सन् २०१६ को युट्युबबाट सर्वाधिक कमाउनेहरुको सूचीमा उनको नाम सामेल छ । लीलिले सन् २०१० मा युट्युबमा IISuperwomanII नामको च्यानलको सुरुवात गरेकी थिइन ।उनको भिडियो अहिलेसम्म १ अर्ब ५६ करोडभन्दा बढी मानिसले हेरेका छन् । यस्तै उनको च्यानललाई १ करोडभन्दा बढीले सस्क्राइब गरेका छन् । लस एन्जल्समा रहने लिली नायिका, ¥यापर र बल्गर समेत हुन् । उनले ‘स्पीडी सिंह’, ‘डा. केबी’ र ‘थैक्यु’जस्ता फिल्ममा समेत काग गरिसकेकी छिन् । नेपालीपत्र बाट

Comments

Popular posts from this blog

बाफरे महिलाहरुले आफु सुन्दरी बन्न यति सम्म गर्छन् भन्ने त सोच्न पनि सकिन्न ! हेर्नुहोस भिडियो जे देखियो

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!