प्रदेश नम्बर ७ मा कांग्रेस–माओवादीबीच चुनावी एकता

बैतडी, १२ वैशाख । स्थानीय तह निर्वाचनमा प्रदेश नम्बर ७ मा कांग्रेस–माओवादीबीच चुनावी एकता गर्ने सहमति भएको छ । आजको नयाँ पत्रिकामा खबर छ– माओवादी प्रदेश नम्बर ७ का इन्चार्ज एवं स्थायी समिति सदस्य लेखराज भट्ट र कांग्रेस केन्द्रीय सदस्य एनपी साउदलगायतका नेताहरुबीच प्रदेश नम्बर ७ मा चुनावी एकता गरेर जाने सैद्धान्तिक सहमति भएको हो । प्रदेश नम्बर ७ का माओवादी प्रचार विभाग प्रमुख ओमविक्रम भाट ‘सरल’ले लामो छलफलपछि कांग्रेस र माओवादी केन्द्र चुनावी एकता गर्ने सहमतिमा पुगेको बताए । प्रदेश नम्बर ७ सुदूर पश्चिममा कुल ८८ वटा स्थानीय तह छन् । प्रदेश स्तरमा चुनावी एकताका लागि सहमति भए पनि जिल्ला तथा स्थानीय तहमा भने सर्कुलर भएको छैन । केही दिनअघि एमाले सुदूर पश्चिम समन्वय कमिटीले माओवादी केन्द्रसँग चुनावी एकता गर्ने प्रस्ताव अघि सारेको थियो ।

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला