निर्वाचन अनुगमन पूर्व माओवादी लडाकुले गर्ने

काठमाडौं, १५ वैशाख । स्थानीय तह निर्वाचनमा स्वदेशी संस्थाहरूले मात्र निर्वाचन अनुगमन तथा पर्यवेक्षण गर्न पाउने भएका छन् । अनुगमन पर्यवेक्षणका लागि आवेदन दिने र चासो देखाउने स्वदेशी तथा विदेशी संस्थाहरू बढ्दै गएपछि आयोगले पर्यवेक्षण निर्देशिकाअनुसार अनुगमन र पर्यवेक्षणको दायरासहित स्वदेशी संस्थालाई मात्र अनुमति दिएकोे हो । राजधानी दैनिकले समाचार छापेको छ ।
अनुमति पाएका संस्थाले निर्वाचनमा ३ सय पूर्वलडाकुले पर्यवेक्षण अनुमति पाएका छन् । पूर्वलडाकु नेपाल नामक संस्थाले उनीहरूलाई परिचालन गर्ने अधिकार पाएको आयोगको भनाइ छ ।
१९ वर्षपछि ३१ वैशाख र जेठमा गरी दुई चरणमा तय भएको स्थानीय तह निर्वाचनमा ४९ स्वदेशी संस्थाहरूलाई मात्रै निर्वाचन अनुगमन तथा पर्यवेक्षणका लागि अनुमति दिइएको आयोगले जनाएको छ । आयोगमा ६५ संस्थाले पर्यवेक्षणका लागि आवेदन दिएका थिए ।
आयोगका सचिव गोपीनाथ मैनालीले स्थानीय तह निर्वाचन भएकाले अन्तर्राष्ट्रिय जगत्लाई अनुगमन तथा पर्यवेक्षणका लागि स्वीकृति दिने नीति नबनाएको बताए । उनले राष्ट्रिय निर्वाचनमा मात्र अन्तर्राष्ट्रिय समुदायलाई अनुगमनका लागि स्वीकृति दिइने गरेको बताए ।
‘स्थानीय तहको निर्वाचन भएकाले हामीले स्वदेशी संस्थाहरूलाई मात्रै अनुगमन तथा पर्यवेक्षणका लागि अनुमति दिने तयारी गरेका हौं,’ उनले भने, ‘विदेशी नियोग तथा संस्थाहरूलाई स्थानीय तहमा अनुगमन र पर्यवेक्षणको अनुमति दिने नीति नै छैन ।’
उनले विदेशी नियोग तथा संस्थाहरूलाई अनुगमनका लागि अनुमति नदिइए पनि राजधानीका केही स्थानमा भने निर्वाचनका दिनमा मात्रै हेर्न जान सक्ने गरी अनुमति दिन सकिने जानकारी दिए ।
‘धेरैको चासोको निर्वाचन भएकाले राजधानीका केही स्थानमा भने कूटनीतिक नियोग र विदेशी संस्थाका प्रतिनिधिहरू जान इच्छुक भएमा जान सक्छन् । हामीले त्यो छुट दिएका छौं,’ उनले भने ।

Comments

Popular posts from this blog

बाफरे महिलाहरुले आफु सुन्दरी बन्न यति सम्म गर्छन् भन्ने त सोच्न पनि सकिन्न ! हेर्नुहोस भिडियो जे देखियो

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!