राप्रपाबाट पनि धोका भो भन्दै राप्रपा छोडेर माओवादी केन्द्रमा नै फर्किने सोच्चमा पुगिन् रेखा
लागेको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट काठमाडौँ महानगरपालिकाको उपमेयर बन्ने चर्चामा रहेकी अभिनेत्री रेखा थापा चर्चामै सीमित भएकी छिन । उनलाई राप्रपा नेपालले उपमेअर मा सिफारिस नगरे पछि उनि नेताहरु संग फाएर भएकी छन् ।
राप्रपा केन्द्रीय सदस्य समेत रहेकी थापालाई यसअघि राप्रपाले काठमाडौंको उप मेयरमा उठाउने बताएको थियो । तर पार्टीको काठमाडौं जिल्ला कार्य समितिले उनलाई सिफारिस नै गरेन काठमाडौँ जिल्ला कार्यसमितिले उपमेयरको उम्मेदवारमा रेखा थापाबाहेक अरु पाँचजना महिला उम्मेदवारको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिले उपमेयरको उम्मेदवारमा सोनाम शाक्य, रेश्मा शाह, गङ्गा विक, सुधा जोशी र कुन्तीदेवी पोखरेललाई सिफारिस गरेको छ । राप्रपाले उम्मेदवारीका लागि सम्बन्धित तहबाटै सिफारिस हुनुपर्ने नियम बनाएको छ । जिल्ला समितिकै सिफारिसमा नअटाएपछि काठमाडौंमा उप मेयरका लागि चुनाव लड्ने रेखा थापाको सपना सपनामै सीमित भएको छ । महानगरपालिकाको मेयरका लागि भने राप्रपाले पूर्व पार्टी प्रवक्ता राजाराम श्रेष्ठको नाम सर्वसहमतिबाट यसअघि नै सिफारिस गरिसकेको थियो ।
यसरि नेताले बोलि फेरेपछि रेखा अब राप्रपा छोड्ने मनस्थितिमा पुरेको उनका निकट स्रोतले बताएका छन् ।
Comments
Post a Comment