कमाउन विदेश गयका श्रीमान् १० बर्षदेखि बेपत्ता,श्रीमान् जिउँदो या मरेको अत्तोपत्तो नहुँदा तनावमा

धन कमाउने आशा बोकेर परिवारलाई खुसी र सुखी बनाउन भारत पुगेका रामपुरकी समिरुन मियाँका श्रीमान् एक दशकदेखि सम्पर्कविहीन बनेका छन् । रातदिन श्रीमान् जिउँदो या मरेको अत्तोपत्तो नहुँदा उनलाई न रातमा निद्रा न दिनमा भोकजस्तै भएको छ ।


श्रीमती र चारजना सन्तानका अभिभावक रहेकी समिरुनका श्रीमान् छोराछोरीको पढाइ खर्च र घरखर्च चलाउनका निम्ति भारत पसेको लामो समय बितिसक्दा पनि परिवारको कुनै सम्पर्कमा अहिलेसम्म छैनन् । श्रीमान् बेपत्ता भएपछि चारजना छोराछोरीको लालनपालन पढाइ खर्च गर्न उनलाई निकै समस्या छ ।

बास बस्ने एउटा सानो झुप्रो पनि नहुँदा उहाँ अर्काको घरमा डेरामा बस्न बाध्य छिन् । उनले रामपुरको बाङ्गेपसल नजिकै एक घरमा तीन कोठा भाडामा लिएर जीवन गुजारा गर्दै आउनुभएको छ । साँभm बिहान के खाने के लाउने भएको बखतमा बास बस्ने एउटा थलोसम्म नहुँदा उनलाई घरभाडा कसरी तिर्ने भन्ने समस्या रातदिन बल्झिरहेको बताउँछिन् ।

उनी भन्छिन्, “गरेर खाने एक टुक्रा जमिन छैन, दश नङ्ग्रा खियाएर रातदिन मजदुरी नगरेसम्म साँझ बिहान चुलोमा आगो बल्दैन ।” उनका चार सन्तानमध्ये जेठो छोरो जुम्मादिन मियाँ शारीरिक तथा मानसिक रुपमा पूर्ण अशक्त छन् । उनी अहिले २३ वर्ष पुगे । १० वर्षको उमेरमा मेनिन्जाइटिस रोगका कारण छोरो जीवनभर अपाङ्ग भएर बस्नुपरेको आमा समिरुनको भनाइ छ ।

“उपचारका लागि त्यस समयमा रु तीन लाखभन्दा बढी खर्च गरियो तर निको भएन, छोरो जीवनभर अपाङ्ग भयो”– “छोरो अपाङ्ग नभएको भए अहिले ठूलै भइसकेको थियो, काममा सघाउँथ्यो” उनले भनिन् । बाउ बेपत्ता भएपनि छोराले केही गर्छ भनेको उल्टै छोरो जीवनभर अर्काको सहारामा बस्नुपरेको उनले बिलौना गरिन् ।

“उपचार गर्दा केही समय त छोरो निको हुन्छ भन्ने ठानेकी थिएँ, पछि डाक्टरले निको नहुने बताएपछि मनमा पिरैपिरको ठूलो भारीले रातदिन सताउने गरेको छ” उनले भनिन् । उनका कान्छो छोरा अब्दुल हुसेन अहिले ११ वर्षका भए । उनी एक वर्षको हँुदा बुबाले घर छोडेका हुन् ।

उनलाई बुबाको माया र सम्झनाबारे कुनै अत्तोपत्तो छैन । साथीहरुले बुबाको बारेमा कहिलेकाहीँ जिस्काउने र सोध्ने गरेको उनी बताउँछन् । कान्छी छोरी हसिना खातुन १५ वर्ष पुगिन् । खातुन बुबा अझै पनि घर आउने आशा लागेको बताउँछिन् ।

समिरुनले दिनभर मजदुरी गरेर दिनमा रु ४०० देखि ५०० सम्म बुझेको रकमले घर व्यवहार, छोराछोरीको पढाइ खर्च जुटाउँदै आएकी न् ि। बास बस्ने सानो झुप्रो नहुँदा पनि उनलाई परिवार पाल्न निकै धौधौ छ ।

दुःखसुख गरेर एउटा बास बस्ने झुपडी बनाउन पाए हुन्थ्यो, एक टुक्रा जमिन पनि आफ्नो नहुँदा निकै पिरोलेको उहाँले पीडा पोख् ि। समिरुनले अझै पनि श्रीमान् घर आउने आशा भने मारेकी छैनन् । एक दिन छोराछोरीको मायाले घर फर्कने आशा उनमा अझै जिवित छ ।

Comments

Popular posts from this blog

बाफरे महिलाहरुले आफु सुन्दरी बन्न यति सम्म गर्छन् भन्ने त सोच्न पनि सकिन्न ! हेर्नुहोस भिडियो जे देखियो

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!