मसंग यौन तृष्णा मेट्न आएको त्यो युवकले मलाई नै आमा माने पछि….!

एक पटक एउटा अनौंठो घटना भयो । सायद कोठीहरुमा अपवादका रुपमा हुने घटना । एकपटक हाम्रो बंगलामा मोजमस्तीका लागि कलेजका केही केटाहरु आएका थिए । ती केटाहरु आ आफुले मन पराएका केटीहरु बोकेर कोठामा गए । ती मध्येकै एउटा केटाले मलाई राज्यो र मेरो कोठामा आयो । त्यती बेला म कलिलै थिएँ ।

भर्खर बच्चा जन्मिएकाले मेरो स्तनबाट दुधका धारा चुहिरहेको थियो । निपल अलिकति निचोर्दा नै दुध चुहिन्थ्यो । कलेजको त्यो भर्खरको केटाले छातीमा त्यसरी दुध बगेको देखेछ । उ निकै आश्चर्य चकित भयो । उसल्यो भन्यो, ‘मलाई तिमिसंग अरु केही गर्नु छैन । बस मलाई यो दुध खान देऊ ।’ ‘के नचाहिदो कुरार गर्छौ ! ?’बरबराउँदै भनें, ‘क्या ! खुस्केटहरु आउँछन्।’ “होईन ! मैले तिमिसंग मजाक गरेको होइन ! मलाई दुध खान देऊ !” उस्ले भन्यो । ‘किन त्यसो भनेको ?’ मैले जिज्ञासा राखेँ । ‘मैले आजसम्म आमाको दुध खाएको छैन । अबदेखि तिमी मेरा लागि आमा समान् हौ । म तिमीलाई एउटी आमा सहर सम्मान गर्छु । प्लीज, मलाई दुध खान देउ’, उसले भन्यो । मेरो लागि त्यो बडा अनौठो प्रस्ताव थियो । सुरुमा त मलाई ‘कस्तो दिमाग खराव भएको ग्राहक आयो’ भन्ने लागेको थियो । सुरुमा एकदम रिस पनि उठ्यो । ‘तिमीलाई मैले दुध चुसाउनै पर्छ भन्ने छ र ? जे कामको लागि आएको हो त्यही गर’, मैले रिसाउँदै भनें ।

‘मलाई यहाँ यस्तो काम हुन्छ भन्ने पहिला थाहा थिएन । म त केटाहरुको लहलहैमा लागेर आएको । यहाँ आएपछि तपाईलाई भेट्दा मैले आमालाई भेटेजस्तो लाग्यो । मैले आजसम्म आमाको दुध खान पाएको थिइन, त्यसैले तपाईलाई आमा बनाउन चाहेको हुँ, उसले भावुक हुँदै भन्यो । उसको कुरा सुनिसकेपछि म पनि अलि भावुक भएँ । यदि कसैले मलाई ‘आमा’ सम्वोधन गरेर स्तनपानको याचना गरिरहेको छ भने त्यस्तो बेला के गर्ने ? म केही पल अलमलमा परेकी थिएँ । आखिर मलाई लाग्यो, जव उसले मलाई आमा नै भनिसकेको छ भने उसलाई छोरा मानेर स्तनपान गराउन केको आपत्ति ?
खै कुन अन्र्तप्रेरणाले हो, मैले सरलाई स्तनपान गराएँ । कुनै पनि स्त्री र पुरुषबीच सम्वन्धका विविध आयाम हुन्छन् । त्यो केटाले हाम्रो सम्वन्धलाई यौनकर्मी र ग्राहकको सम्वन्धबाट माथी उठाएर एकैचोटी आमा र छोराको सम्वन्धमा पुर्याएको थियो । ‘काम वासना’ बाट एकैचोटी माथी उठेर त्यो केटोले मबाट ‘मातृ वात्सल्य’को चाहना प्रकट गरिरहेको थियो । स्तनपान पछि उसले मलाई तिन चार पटक धन्यवाद दियो । उसले के पनि भन्यो भने उसको बाल्यकाल डिव्बाकै भरमा बितेको रहेछ र उसले पहिलो पटक कुनै आमाको दुध चुस्न पाएको रहेछ । उसका कुरा सुनेर एकाएक मेरा आँखा रसाए ।

दुध चुसेर ‘छोरा’ गइहाल्यो, तर त्यो अनौठो घटनाले यता ‘आमा’लाई पछिसम्म पिरोली रह्यो, भावुक बनाइरह्यो । आखिर त्यस्ता उच्च चेतना भएका मानिसहरु पनि कहिलेकाँही बरालिएर कोठीसम्म आईपुग्दारहेछन् र आफ्नो विवेक, करुणा र प्रेम प्रकट गरेर जाँदा रहेछन् । मैले नजन्माएको त्यो ‘छोरो’ आज कहाँ होला, मलाई थाहा छैन । तर जँहा भए पनि त्यो छोरालाई यो आमाको सदा आर्शिवाद रहने छ ।

(सुनिता दनुवारद्धारा लिखित ‘आँसुको शक्ति’ आत्मकथाबाट )

Comments

Popular posts from this blog

बाफरे महिलाहरुले आफु सुन्दरी बन्न यति सम्म गर्छन् भन्ने त सोच्न पनि सकिन्न ! हेर्नुहोस भिडियो जे देखियो

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!