भखरै बस दुर्घटना हुदा ८ जनाको मृत्यु ४० जना घाइते पुरा समाचार पद्नुहोस

नयाँ दिल्ली । पूर्वी भारतीय राज्य झारखण्डमा एउटा बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु हुनाका साथै अन्य ४० जना घाइते भएका भारतीय प्रहरी सूत्रले जानकारी दिएको छ ।

उक्त दुर्घटना झारखण्ड राज्यको प्रान्तीय राजधानी राँचीनजिकै पिथौरिया भन्ने ग्रामीण इलाकामा भएको छ ।
स्थानीय एक बिबाह उत्सव मनाउन गै रहेका निम्तालुहरु सो दुर्घटनामा परेका छन् । गर्मीका कारण केही यात्रुहरु बसको छतमा बसी यात्रा गरिरहेका र बस निकै तेज गतिमा दौडाइएको थियो ।

तेज गतिमा कुदिरहेको बसका चालकले गन्तब्य पुग्नुभन्दा अघि सडकमा रहेको एक खतरनाक घुम्तीमा सन्तुलन गुमाउन पुग्दा बस नै तीन बल्ड्याङ्ग खान पुगी दुर्घटनाग्रस्त भएको प्रहरी श्रोतले जनाएको छ ।

दुर्घटनाग्रस्त बसका यात्रुहरुको उद्धार गर्न ठूलो सङ्ख्यामा स्थानीय गाउँबासीहरु तथा प्रहरीहरु दौडँदै घटनास्थल पुगेका थिए ।
दुर्घटनामा परी मृत्यु हुनेहरुप्रति झारखण्ड राज्यका मुख्यमन्त्री रघुवर दासले हार्दिक श्रद्धाञ्जलि ब्यक्त गर्नुका साथै घाइतेहरुका शीघ्र स्वास्थलाभको कामना गरेका छन् ।

मृतक र घाइते हुनेहरुका परिवारजनलाई राहत स्वरुप राज्यले आर्थिक सहयोग उपलब्ध गराउने पनि उनले आश्वासन दिएका छन् । रासस /सिन्ह्वा

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला