कार्यालयभित्रै महिला कर्मचारीलाई लडाएर…

राजविराज, १२ वैशाख । महुली सामुदायिक लघुवित्त वित्तिय संस्था लि।का सहायक अधिकृत भगवानी साहले कार्यालयमै रहेको निवासमा गएर एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको खुलासा भएको छ ।

संस्थाले आरोपित साहलाई निलम्बित गर्दै तलब बृद्धि रोक्का, घटुवा र बढुवा रोक्का गरेको पत्र सोमबार थमाए पछि घटनाको खुलासा भएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।


पीडितले प्रहरीमा उजुरी नगरी संस्थामा मात्र उजुरी दिएकोले घटना सार्वजनिक भएको थिएन् ।

संस्थाको प्रशासन तथा लेखा विभाग प्रमुख प्रबन्धक सरोजकुमार सिंहको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा साहलाई आचारण विपरीत काम गरेको ठहर गर्दै कारवाहीको भागिदार बनाएको प्रमुख कार्यकारी अधिकृत श्यामकान्त चौधरीले बताउनुभयो ।

चौधरीका अनुसार आगामी दिनमा महिला वा अन्य कर्मचारीसँग असल, मर्यादित व्यवहार नगरेको पाइए साहलाई कडा कारवाही गरिने चेतावनी समेत दिइएको छ ।

कोठामा एक्लै भएको मौका छोपी पुगेका साहले गत चैत १० गते बिहान कार्यालय सहयोगी २३ वर्षीया पीडितलाई तिमी कति राम्री भन्दै यौन सम्पर्कको लागि प्रस्ताव राखेका थिए ।

तर, महिला कर्मचारी अस्विकार गरेपछि उनलाई नियन्त्रणमा लिई ओछ्यानमा लडाएर बलात्कार प्रयास गरेको पीडितले बताउनुभयो ।

Comments

Popular posts from this blog

बाफरे महिलाहरुले आफु सुन्दरी बन्न यति सम्म गर्छन् भन्ने त सोच्न पनि सकिन्न ! हेर्नुहोस भिडियो जे देखियो

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!