नेपाल घुम्न आएका जोडीको दर्दनाक कथा : मेरी प्रेमिका खानै नपाएर मरिन, म ४७ दिनसम्म हिउँ र नुन खाएर बाँचे

 काठमाडौं : सुन्दर नेपाल घुम्ने सपना बोकेर नेपाल आएको एउटा ताइवानी जोडीको यात्रा दुःखद भएको छ । १९ वर्षीया प्रेमिका लिएर नेपाल आएका २१ बर्षीया ताइवानी युवकको बुधबार ४७ दिनपछि जीवितै उद्धार भएपछि यो दुःखद् खबर सार्वजनिक भएको हो ।
 ४७ दिनदेखि बेपत्ता ताइवानी पर्यटक २१ वर्षीय लाइङ सिंङ युनलाई ४७ दिनपछि बुधबार धादिङको रुवीभ्यालीस्थित खोला किनाको ओढारबाट जीवितै उद्धार गरिएको हो । उनकी प्रेमिका १९ वर्षीया लिउ चेन चुनलाईको भने ओढोरमै केही खान नपाएर तीन दिनअघि मृत्यु भएको थियो। यो ताइवानी जोडी फागुन २० गतेदेखि धादिङको तिप्लीङ क्षेत्रबाट परिवारसँग सम्पर्कपछि वेपत्ता थियो ।

परिवार र एसियन ट्रेकिङ एजेन्सीको पहलमा स्थानीयबासीलाई प्रयोग गरी खोजी गर्दा खोलाको अप्ठ्यारो ओढारमा बसेको अवस्थामा युवकलाई गम्भीर अवस्थामा र युवती मृत अवस्थामा भेटिएका हुन्।

४७ दिनदेखि बेपत्ता युनलाई एसियन ट्रेकिङ एजेन्सीले उद्धारको पहल गरेको थियो। बाटो बिराएर फसेका पर्यटकलार्इ सिम्रिक एयरको सहयोगमा पाइलट सिदार्थ जे गुरुङ र गाइड छिरिङ डेन्डुप भोटेले सफलता पूर्वक रेस्क्यू गर्न सफल भए ।

यो जोडी यात्राकै क्रममा त्याङग्रो भीरबाट हिउँमा चिप्लेर ओढारमा फसेको थियो । धादिङबाट लाङटाङ जाने क्रममा तेतुङ पास गर्न खोजेका ताइवानी युवायुवती हिमपात फसेपछि वेपत्ता भएको उद्धारमा संलग्नले बताएका छन्। बुधबार बिहान १० बजे भेटिएका पर्यटकलाई दिउसो २ः३० बजे सिम्रिक एयर मार्फत् काठमाडौ ल्याइएको हो। युवतीको मृत्यु खानै नपाएका कारण भएको युवकको भनाइ छ । रेस्क्यू गाइडका अनुसार ओढारमा फसेकाले युवक पानी खाएर बाँचेका हुन्।

लाङटाङ क्षेत्रको ट्रेकिङका लागि अनुमती लिएका यी जोडी बेपत्ता भएको भन्दै भारतमा रहेको ताइवान दूतावासले फागुन २० गते खोजी गरिदिन निवेदन गरेको थियो । यी दुई युवा युवती बिना गाइड ट्रेक हिँडेका थिए। हिउँमा चिप्लिएका उनीहरु करिव २०० मिटर तल पहरा छाँगामा अलपत्र परेका थिए ।हराएको समयमा हिउँ र नुन खाएर बसेको उनले बताए । उनले यो ४७ दिनसम्म आफूले कहिल्यै हिम्मत नहारेको पनि चिकित्सकहरुलाई सुनाएका छन् । उनले भनेका छन्, ‘बाँच्छुु भन्ने मनमा लागिरहेको थियो ।’ उनलाई यही इच्छाशक्तिले नै ४७ दिनसम्म बचाएको मानिएको छ ।ताइवानको नेशनल डोङ हृवा युनिभर्सिटीका विद्यार्थी लियान सेङ यू र लिउ चेन युन भारत हुँदै नेपाल आएका थिए । उनीहरु मार्च ९ मा उत्तर धादिङमा थिए ।

Comments

Popular posts from this blog

बाफरे महिलाहरुले आफु सुन्दरी बन्न यति सम्म गर्छन् भन्ने त सोच्न पनि सकिन्न ! हेर्नुहोस भिडियो जे देखियो

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!