फेसबुकबाट लभ परेर बिहे गरेका इटालीकी युवती र बारा नेपालका युवक अहिले के गर्दैछन्

सामाजिक सञ्जाल फेसबुकमार्फत चिनाजान भई प्रेममा परेका इटलीकी युवती र नेपाली युवाले कानूनी रुपमै विवाह गरेका छन् ।
बाराको कोल्हवी–४ हनुमानगञ्जका २७ वर्षीय प्रविण तामाङ र इटलीको तोरेदेलक्रे निवासी २१ वर्षीया फ्रेन्सिस्का इग्नराको जिल्ला प्रशासन कार्यालय बारामा कानूनी विवाह भएको प्रविणका छिमेकी हरिकृष्ण मैनालीले जानकारी दिए ।

गत अढाइ बर्ष अगाडि रोजगारीका लागि कोरिया पुगेका तामाङ त्यहीं रहँदा नै फेसबुकमार्फत इग्नरासँग चिनाजान भएको थियो । उनीहरुको परिचय विस्तारै प्रेममा परिणत भएपछि आफूहरुले विवाह गर्ने निधो गरे अनुसार १४ कातिकमा विवाह गरेको प्रविणले बताए ।

प्रविण दुई महिनाअघि मात्रै कोरियाबाट कोल्हवी फर्केका थिए भने इग्नरा इटलीबाट एक महिना अगाडी बारा आइपुगेकी हुन् ।प्रवीण र इग्नरा । तस्वीर : श्याम गुप्ता
“बिहे गरेर निकै खुशी भएकी छु, नेपालको बारेमा सुनेकी मात्रै थिएँ, यहाँ आएर हिमाल देख्दा खुशीको सीमाना रहेन, त्यसमाथि प्रविणसँग विवाह भएपछि सपना पूरा भएको छ,” इग्नराले अंग्रेजीमा भनिन् ।
उनले प्रविण र आफू कानूनी प्रक्रिया पूरा गरी चाँडै इटली जाने पनि जानकारी दिइन्

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला