पाल्पामा ट्रिपर दुर्घटना, चारजनाको मृत्यु . पाल्पा, वेशाख १० पाल्पामा आइतबार दिउँसो भएको ट्रिपर दुर्घटनामा चार जनाको ज्यान गएको छ ।

पाल्पामा ट्रिपर दुर्घटना, चारजनाको मृत्यु . पाल्पा, वेशाख १० पाल्पामा आइतबार दिउँसो भएको ट्रिपर दुर्घटनामा चार जनाको ज्यान गएको छ । सुनवलबाट पाल्पाको मरेकमा ढुङ्गा लिन छुटेको लु १ ख ९०३१ नम्बरको ट्रिपर तिनाउ गाउँपालिका–३ भलाएवासमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि चालक तिनाउ ६ का २७ वर्षिय पुरन सारु, उहाँका श्रीमती २४ बर्षिया बाल कुमारी, छोरा ५ वर्षिय हेमेस र सहचालक २२ वर्षिय विमल कनौजे मगरको घटनास्थलमै ज्यान गएको दोभान प्रहरी चौकीका प्रमुख राजाराम कुर्मीले जानकारी दिनुभयो । अप्ठयारो भिरमा ट्रिपर खसेकाले बेलैमा उद्दार गर्न नसकिएको प्रहरीले जनाएको छ । यसअघि आक्ष्तबार बिहान पाल्पाकै पालुङ्गमैनादीमा भएको जिप दुर्घटनामा ३० वर्षिय दान बहादुर गाहाको ज्यान गएको थियो ।

काठमाडौं । पाल्पा र बाजुरामा भएको दुर्घटनामा सातजनाको मृत्यु भएको छ । दुर्घटनामा १० यात्रु घाइते भएका छन् ।

पाल्पाको झुम्सामा ट्रिपर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । बुटवलबाट पाल्पाको तिनाउ गाउँपालिका–३ मरेकस्थित ढुंगाखानी जाँदै गरेको लु १ ख ९०३१ नम्बरको ट्रिपर झुम्सामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । 

ट्रिपर बुटवल पाल्पा सडकखण्डदेखि ढुंगाखानी जाने भित्री सडकदेखि करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दिउँसो साढे ३ बजे भएको दुर्घटनामा ट्रिपर चालक तिनाउ–३ मरेकका पूर्ण बहादुर सारु, स्थानीय बालकुमारी सारु र सहचालक बिमल कनौजेको घटनास्थलमै ज्यान गएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक कृष्णहरी शर्माले जानकारी दिनुभयो । त्यस्तै अन्दाजी ४ वर्षीय बालकको पनि दुर्घटनामा मृत्यु भएको छ । मृतक महिला चालकको श्रीमती र बालक छोरा भएको प्रहरीले जनाएको छ ।

उता, पाल्पाको रिब्दीकोट गाउँपालिकामा पनि आइतबार जीप दुर्घटना हुँदा रिब्दीकोट–७ मा भएको लु १ ज १५८१ नम्बरको जीप दुर्घटनामा परी स्थानीय दानबहादुर गाहाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् ।

यस्तै, बाजुराको मार्तडीबाट घटमुना बजार जाने क्रममा गडुलपाटामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । से १ ज ६३९ नम्बरको जीप दुर्घटना हुँदा सटेडा गौमुल गाउँपालिकाका–६ सटेडाकी लाली रोकाया र वडा नम्बर ४ बगरका रकेट रोकायाको मृत्यु भएको छ । जीपमा यात्रारत अन्य ८ यात्रु गम्भीर घाइते भएको शिक्षक यज्ञ रोकायाले जानकारी दिनुभयो । घाइतेहरुको जुगाडा स्वास्थ्य चौकी भौनेरामा उपचार भइरहेको छ । जीप तीनसय मिटर तल खसेको बताइएको छ ।

तस्बिरः पाल्पा दुर्घटनामा मृतकहरुको शव लुम्बिनी अञ्चल अस्पतालमा ल्याइँदै । तस्बिरः विकास पराजुली/जनता समाचार


Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला