गोही आक्रमणमा परेका अर्जुनलाई ४२ हजार सहयोग



रत्ननगर (चितवन), २० वैशाख । चितवन मेडिकल कलेजले गोहीको आक्रमणमा परेका चितवन जगतपुरका अर्जुन हरिजनको उपचारमा रु ४२ हजार सहयोग गरेको छ ।

कलेजका सञ्चालक डा दयाराम लम्सालले उनको उपचारमा लागेको खर्चमध्ये रु ४२ हजार छुट गरेको आज जानकारी दिनुभयो । उहाँले संस्थागत सामाजिक दायित्वअन्तर्गत यसरी सहयोग गरिएको बताउनुभयो ।

अस्पतालका अनुसार उनको उपचारका लागि रु एक लाख ४३ हजार लागेको छ । औषधिमा छुट्टै रु एक लाखभन्दा बढी रकम खर्च भएको परिवारले बताएका छन् । यहाँ झन्डै एक महिनादेखि उनी उपचाररत छन् ।

राससबाट ‘गोहीले चपाएर पनि बाँचे अर्जुन’ शीर्षकमा समाचार सार्वजनिक भएपछि अहिलेसम्म देश र विदेशमा बस्ने नेपालीबाट करिब रु चार लाख ५० हजार आर्थिक सङ्कलन भएको सहयोगी अभियन्ता विकास पाठकले बताउनुभयो ।

अस्पताल र औषधिमा लागेको खर्चबाट बचेको रकम कोष बनाएर उनको शिक्षादीक्षामा खर्च गरिने उहाँले जानकारी दिनुभयो । उनलाई पुनः लामो समयसम्म जाँच र उपचार गर्नुपर्ने भएकाले जम्मा भएको रकमबाटै खर्च गरिने अर्का सहयोगी कृष्ण शर्माको भनाइ छ ।

गएको चैत २४ गते राप्ती नदीमा नुहाउने क्रममा गोहीको आक्रमणमा परेका अर्जुनको एउटा हात तीन ठाउँमा भाँचिएको छ भने शरीरका विभिन्न ठाउँमा गहिरो चोट लागेको छ ।

अहिले घाउ निको हुन थालेको चितवन मेडिकल कलेजका अर्थाेपेडिक सर्जन आकेश प्रजापतिले जानकारी दिनुभयो । अर्जुनको परिवार सुकुम्बासी भएकाले आर्थिक अवस्था कमजोर छ ।

यस्ता कमजोर आर्थिक अवस्था भएकालाई आफूहरुले सहयोग गरिरहेको कलेजका प्रमुख प्रशासक देवराज लोहनीले बताउनुभयो ।

रासस

Comments

Popular posts from this blog

बाफरे महिलाहरुले आफु सुन्दरी बन्न यति सम्म गर्छन् भन्ने त सोच्न पनि सकिन्न ! हेर्नुहोस भिडियो जे देखियो

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!