चिनियाँ बमर तयारी अवस्थामा, दक्षिण कोरिया सतर्क, रुसले गर्यो शंकास्पद गतिविधि



१० वैशाख, एजेन्सी।

उत्तर कोरियाको ८५ औँ सेना दिवस नजिकिएसंगै नयाँ परमाणु परीक्षण हुनसक्ने सम्भावनाबीच दक्षिण कोरियाले सतर्कता बढाएको छ।

त्यस्तै चिनियाँ बमर विमानले स्वभाविक भन्दा बढी गतिविधि देखाएको पनि अमेरिकी अधिकारीहरुले बताएका छन्। जसले उत्तर कोरयाको एक मात्र प्रमुख सहयोगी चीन समेत सतर्क अवस्थामा रहेको बुझिन्छ।

यता रुसमा, सरकारका प्रवक्ताले सैना तथा सैन्य उपकरण उत्तर कोरियाली सीमा तर्फ पठाएको रिपोर्टबारेका खबर इन्कार गरेका छन्।
अमेरिका र दक्षिण कोरियाले केही हप्ता अगाडी देखि नै उत्तर कोरियाले नयाँ परमाणु परीक्षणको तयारी गरेको बताउँदै आएका छन्।


मंगलबार उत्तर कोरियाली सेना ‘कोरियन पिपुल्स आर्मी’ को ८५ औँ वार्षिकोत्सव हो।

सोही दिन अमेरिका, दक्षिण कोरिया र जापानका उच्च दूतहरुको भेटवार्ता समेत तय भएको छ जसमा उत्तर कोरियाले दिएको चेतावनी, उत्तर कोरियालाई दिन सकिने दबाब र उत्तर कोरियाली परमाणु मद्धा समाधानको लागि चीनको भूमिकामा छलफल हुने बताइएको छ।

साथै दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास पनि गर्दै आएका छन् जसको उत्तर कोरियाले पटक-पटक विरोध गर्दै चेतावनी दिइसकेको छ।

केही समय अघि चिनियाँ राष्ट्र्पति सि जिन पिङ अमेरिकाको भ्रमणमा जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको परमाणु मुद्धा समाधान गर्ने उनीसंग आग्रह गरेका थिए। चीनले सहयोग नगरे उत्तर कोरियालाई एक्लै ठेगान लगाउने बताउँदै आएका ट्रम्पले चिनियाँ राष्ट्रपति उत्तर कोरियालाई मनाउन ‘प्रयास’ गर्नेछन् भन्नेमा ढुक्क भएको बताउन थालेका छन्।

त्यसपश्चात चीन र अमेरिकाबीच निरन्तर सम्पर्क भइरहेको र यी मुद्धाहरुमा गम्भीरताका साथ छलफल भइरहेको अमेरिकी अधिकारीहरुले बताएका छन्।

उत्तर कोरियातर्फ सेना पठाएको खबर इन्कार

यसैबीच रुसी सरकारले इन्कार गरेको खबरले अर्को आशंका जन्माएको छ।

रुसले उत्तर कोरिया तर्फ आफ्नो सेना र सैन्य उपकरण पठाएको बारेका खबरहरु अन्तराष्ट्रिय मिडियाहरुमा छापिएका छन्। सरकारका प्रवक्ताले यी उपकरणहरु अन्यत्रै पठाइएको र उत्तर कोरियाको परमाणु कार्यक्रमले निम्त्याएको तनावसंग यसको कुनै सम्बन्ध नरहेको बताएका छन।

यो भन्दा अघि उत्तर कोरियाले ‘द डे अफ द सन’ अर्थात संस्थापक राष्ट्रपति किम इल सुङको जन्मदिनमा परमाणु परिक्षण गर्ने सक्ने सम्भावना रहेको बताइएको थियो। सो दिन हतियार प्रदर्शन गरेको उत्तर कोरियाले भोलीपल्ट गरेको भनिएको परीक्षण असफल भएको अमेरिकी अधिकारीहरुले बताएका थिए।

मंगलबार अर्थात अप्रिल २५ उत्तर कोरियाको अर्को ठूलो दिन हो। यहि दिन आफ्नो शक्ति प्रदर्शन गर्न उत्तर कोरियाले कदम चाल्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीन, दक्षिण कोरिया, जापान र अमेरिका सतर्क अवस्थामा छन् भने रुस तर्फबाट शंकास्पद गतिविधि देखिएको हो।

Comments

Popular posts from this blog

बाफरे महिलाहरुले आफु सुन्दरी बन्न यति सम्म गर्छन् भन्ने त सोच्न पनि सकिन्न ! हेर्नुहोस भिडियो जे देखियो

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!