केटा नपाएपछि ६ सय केटीको सामूहिक गुहार, कहाँ-कहाँ छ केटाको खडेरी ?

उमेर ढल्किँदै जाँदा बिहे गर्ने एउटा पनि केटा नपाएपछि सहरभरिका केटीहरुले सामूहिक रुपमा केटा पाउँ भन्दै गुहार मागेका छन् ।
यो ब्राजिलको घटना हो । ब्राजिलको नोइभा डो कोर्डेरियो सहरमा एकजना पनि अविवाहित पुरुष छैनन् । तर ६ सय जना अविवाहित महिला छन् । ती मध्ये अधिकांस ३५ वर्ष मुनिका तरुनी छन् ।

महिलाले नै भरिएको त्यो सहरमा महिलाकै बोलवाला छ । तर भएर के गर्नु ? पुरुष नपाएर अविवाहित महिला छटपटाउन थालेका छन् । उनीहरुले हालै एक सामूहिक अपिल गरेका छन् अविवाहित केटाहरुलाई आफुसँग सम्बन्ध गाँस्न अनुरोध गर्दै ।

ब्राजिलको यो सहर मात्र होइन रुसमा पनि हालत यस्तै छ । केटाहरुको संख्या निकै कम छ केटीहरुको भन्दा जसका कारण महिलाहरुले जस्तो पाएपनि केटा खोजेर बिहे गर्नैपर्ने अवस्थामा छन् ।

अस्ट्रेलियामा पनि पुरुषहरुको खडेरी नै पर्न लागेको त्यहाँको एक अनलाइनले जनाएको छ । भिक्टोरियामा १ सय जना महिलामा केवल ९८ जना मात्र पुरुष छन् । यो त्यतिसारो लैंगिक असन्तुलन त होइन तर यसले पनि दशौँ हजार पुरुषको कमी देखाउँछ । अर्थात् पुरुष भन्दा ६० हजार बढि महिला छन् भिक्टोरियामा ।

यता चीनमा भने महिलाको खडेरी छ र एकल पुरुषहरुको संख्या बढिरहेको छ । भनिन्छ, भविष्यमा चीनका २५ प्रतिशत पुरुष कि त अविवाहित बस्नुपर्छ कि त जस्तो पाएपनि केटी खोजेर बिहे गर्नुपर्छ ।

अनलाईनखबर बाट

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला