आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरमा मात्र १८ सय सुरक्षाकर्मी परिचालन गरिने

 
भक्तपुर, २२ वैशाख । आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरमा एकहजार आठसय सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्ने लक्ष्यका साथ सुरक्षाको व्यवस्था गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिनुभयो । उहाँले नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी एकहजार आठसय सुरक्षाकर्मी परिचालन गरिने बताउँदै नेपाली सेनाको टोली भने निर्वाचनस्थलभन्दा बाहिर बसेर सुरक्षाको व्यवस्था मिलाउने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सुरक्षाकर्मीसहितको टोलीले जिल्लाभरका ७८ वटा निर्वाचन केन्द्रको अनुगमन सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो । निर्वाचन केन्द्रमा मतदातास्थल कहाँ कहाँ रहने, मतदातालाई कसरी व्यवस्थित गर्ने, सुरक्षाकर्मीलाई कसरी तैनाथ गरिने भन्ने बारेमा सबै तयारी पूरा गरेको उहाँको भनाइ थियो ।

साथै मतदानको दिन ज्येष्ठ नागरिक, अपाङ्ग, बिरामी तथा सुत्केरीलाई लाइनमा नबसी सहजरुपमा मतदान गर्ने व्यवस्था मिलाइने प्रजिअ पोखरेलले बताउनुभयो । चुनावी प्रचार तथा मतदानस्थलमा बालबालिकाको प्रयोगलाई पूर्णरुपमा बन्देज लगाइएको उहाँले बताउनुभयो । भक्तपुरमा एकलाख ६२ हजार आठसय ८९ मतदाता रहेका छन् जसमा ८३ हजार दुईसय ६६ महिला र ७९ हजार ६ सय २३ पुरुष मतदाता रहेका छन् ।

भक्तपुरमा स्थानीय तहको निर्वाचनका लागि ७८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । यसमा भक्तपुर नगरपालिकामा १७, मध्यपुर थिमी नगरपालिकामा १७, सूर्यविनायक नगरपालिकामा २३ र चाँगुनारायण नगरपालिकामा २१ मतदान केन्द्र निर्धारण गरिएको छ । रासस

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला