यी १० देश जो तेस्रो विश्वयुद्ध हुदाँ पनि सुरक्षित रहनसक्छन ..



२० औं शताब्दिमा विश्वले दुईवटा विश्वयुद्ध देख्यो । ति विश्वयुद्धका कारण ठूलो धनजनको क्षति भयो । युद्धले थलिएका राष्ट्रहरुले युद्धपछि विकासको बाटो रोजे । केही वर्षमै संसारभर विकास र समृद्धिको लहर छायो । पश्चिमी राष्ट्रहरुको विकासले द्रुत गति लिइरहँदा अन्य राष्ट्रहरुमा भने राजनैतिक व्यवस्था बलियो थिएन ।
हाल विश्वका धेरै राष्ट्रहरु फेरि शक्तिशाली भएका छन् । बेलाबेलामा उनीहरु शक्ति प्रदर्शन गर्न ललायित देखिन्छन् । उत्तर कोरिया, चीन र अमेरिकाको सम्बन्ध र एकअर्कालाई दिएको चुनौती तथा पाकिस्तान र भारतबीचको सम्बन्ध, रसिया र अमेरिकाको सम्बन्ध, त्यस्तै शक्तिशाली राष्ट्रहरुको पक्ष–विपक्षमा रहेका राष्ट्रहरुका कारण ‘तेस्रो विश्वयुद्ध हुने त होइन !’ भन्ने चासो र चिन्ताले पछिल्लो पटक निकै प्राथमिकता पाएको छ ।
लिस्टडोज मिडियाले दिएको जानकारी अनुसार विश्वका केही यस्ता राष्ट्रहरु छन्, जो आर्थिक साथै हातहतियारले पनि भरिपूर्ण छन् । उक्त मिडियाले दिएको जानकारी अनुसार यदी तेस्रो विश्वयुद्ध भयो भने त्यसको कारण यी १० राष्ट्रहरु बन्नेछन् ।

मिडल इस्ट क्षेत्रमा रहेको इजिप्ट एक शक्तिशाली राष्ट्र हो । जो तेस्रो विश्वयुद्ध निम्त्याउनसक्ने कारक राष्ट्रको १० औं स्थानमा पर्छ । मुस्लिम राष्ट्रहरुका ठूला र अरु देशलाई प्रभाव पार्नसक्ने खेलाडीहरु यसै देशमा छन् । इजरायलसँग इजिप्टको अहिलेको सम्बन्ध पनि राम्रो छ । यदी युद्ध भइहालेमा यी देशहरुको पक्ष–विपक्षमा विश्वका अन्य राष्ट्रहरु खडा हुने अपेक्षा गर्न सकिन्छ ।

अमेरिकालाई कडा चुनौती दिने राष्ट्र हो चीन । आर्थिक समृद्धिसँगै सुरक्षाका हिसाबले पनि निकै बलियो मानिएको चीन विश्वकै शक्तिशाली राष्ट्रमध्येको एक हो । विश्वका धेरै देशहरु चीनको आर्थिक वृद्धिसँगै यसको समर्थनमा रहेका छ । पश्चिमी राष्ट्रहरुसँगको प्रष्ट सम्बन्ध नभएकै कारण तेस्रो विश्वयुद्ध हुनुको कारण चीन हुनसक्ने बताइन्छ ।

आर्थिक, राजनैतिक तथा सुरक्षाका हिसाबले सबैभन्दा बलियो देश हो अमेरिका । पछिल्लो समय मुस्लिम राष्ट्रहरुसँगको सम्बन्ध र कम्युनिष्ट देशहरुलाई हेर्ने असमान दृष्टिका कारण पनि तेस्रो विश्वयुद्धको कारण अमेरिका हुनसक्छ भन्ने चासो धेरैमा रहेको छ । चीनले गरेको प्रगति र विश्वकै शक्तिशाली देश बन्दै गर्दा अमेरिकाको चीन नीतिले पनि तेस्रो विश्वयुद्ध हुने सम्भावना देखिन्छ ।

विश्वको प्रमुख ‘खेलाडी’को रुपमा परिचीत छ रसिया । आणविक हतियारदेखि आर्थिक रुपमा विश्वलाई रसियाले प्रभाव पार्ने हैसियत राख्छ । रसियाले मुस्लिम राष्ट्रहरु इजरायल, सिरियालाई गर्दै आइरहेको सहयोगले पनि विश्वमा रसियाको प्रभाव प्रष्ट बुझिन्छ । विश्वका बलिया देशहरुलाई हतियार बेच्ने काम गरिरहेको रसियाको अमेरिकासँग सम्बन्ध पनि त्यति राम्रो छैन । यदी इजरायलमा कुनै देशले आक्रमण गरेमा रसिया यस्तो पहिलो राष्ट्र हुनेछ जसले अन्य राष्ट्रहरुसँग युद्ध भएको घोषणा गर्नेछ ।

आइएसआइएसबिरुद्ध लडार्इँ लडिरहेको सिरियासँग आणविक हतियारहरु प्रशस्त छन् । रसायन ग्याँस प्रयोग गरेर सर्वसाधरण जनता मारेको अरोप लागेका सिरियाका राष्ट्रपति बसर अल असदलाई अमेरिकाले एक्लै कारबाही गरिरहेको छ । सिरियामा रहेको हतियारको गलत प्रयोग गरिने हो भने तेस्रो विश्वयुद्ध हुन कत्ति पनि बेर नलाग्ने बताइन्छ । आणविक हतियारको प्रयोग गरेर कुनै पनि देशले आक्रमण गरेमा तेस्रो विश्वयुद्धको सुरुवात हुने अन्तर्राष्ट्रिय विश्लेषकहरु बताउँछन् ।

इरानले विश्व राजनीतिमा ठूलो प्रभाव त राख्छ तर पछिल्लो समय यो देश आन्तरिक समस्यामा फसेको छ । धेरै ‘सुपरपावर्स’ले इरानको सुशासनलाई लिएर प्रश्न उठाउँदैआएका छन् । यहाँका राष्ट्रपति मोहम्मद अहमद्धिनेजादले अमेरिकासहित विश्वका प्रमुख नेताहरुको आलोचना गर्दैै आइरहेका छन् । अमेरिका लगायत विश्वका शक्तिशाली राष्ट्रहरु यस देशको बिरोधमा छन् । इरान धेरै तेल उत्पादन गर्ने मुलुकमध्ये एक हो । यही कारण पनि अमेरिका लगायत शक्ति राष्ट्रहरु इरानप्रति खास चासो राख्छन् । यदी विश्वयुद्ध भएमा इरानालाई अरु मुस्लिम देशहरुको समर्थन रहने विश्लेषकहरुको बुझाइ छ ।

विश्व राजनीतिमा इजरायल पनि अर्को शक्तिशाली राष्ट्र हो । विश्वका शक्तिशाली देशहरुलाई चुनौती दिँदै आएको यो देशमा आणविक हतियारका साथै अन्य निकै खतरनाक हतियाहरु छन् । पछिल्लो अवस्था हेर्ने हो भने इजरायलले इरानमा आक्रमण गर्ने सम्भावनाका संकेत देखिन थालेका छन् ।

Comments

Popular posts from this blog

बाफरे महिलाहरुले आफु सुन्दरी बन्न यति सम्म गर्छन् भन्ने त सोच्न पनि सकिन्न ! हेर्नुहोस भिडियो जे देखियो

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!