कास्कीमा मतगणना भोली मात्रै

वैशाख ३१, २०७४- कास्कीमा भोलिदेखि मात्रै मतगणना हुने भएको छ । विभिन्न स्थानबाट निर्वाचन कार्यालयमा मतपेटिका आउन समय लाग्ने र सर्वदलीय बैठकलगायत आन्तरिक तयारी नभएको भन्दै भोलिदेखि मतगणना गर्ने भनिएको हो । 

पोखरा लेखनाथ महानगरपालिका, रुपा, माछापुच्छ्रे, अन्नपूर्ण र मादी गाउँपालिकामा सोमबार बिहान सर्वदलीय बैठक बसेर मात्र मतगणना गरिने सम्बन्धित निर्वाचन अधिकृतहरुले जनाएका छन् । आइतबार मतदान सकिएलगत्तै मतपेटीकालाई गणनास्थलमा ल्याउने काम भइरहेको छ । 

माछापुच्छ्रे र रुपा गाउँपालिकामा सबै मतपेटीका गणनास्थलमा आइसकेका छन् । अन्नपूर्ण र मादी गाउँपालिकामा भने राति १/२ बजेसम्म मतपेटीका आाइपुग्ने छन् । महानगरमा भने मतपेटीका लगभग ल्याइसकिएको छ ।

‘अहिले दलहरुलगायत सबै थाकेको अवस्था छ,’ मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले भने, ‘सोमबार बिहान ७ बजे सर्वदलीय बैठक राखेर त्यसपछि मतगणना गरिनेछ ।’ 

महानगरपालिकाको मतगणना नगर विकास प्रशिक्षण केन्द्र बगरमा हुनेछ । त्यस्तै, रुपा र मादी गाउँपालिकाको सम्बन्धित कार्यालय भवन, माछापुच्छ्ेर गाउँपालिकाको वडा नम्बर ४ स्थित महेन्द्र माविको बाल विकास केन्द्र कक्ष र अन्नपूर्ण गाउँपालिकाको क्षेत्रिय कृषि अनुसन्धान केन्द्र लुम्लेको सेमिनार हलमा हुने क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला