अमेरिका पछि जापानले पठायो ‘इजुमो’ठुलो युद्धपोत, उत्तर कोरियाले दियो डुबाउने चेतावनी



काठमाडौं, वैशाख १९ । जापानले कोरियाली प्रायद्विपमा तैनाथ अमेरिकी जहाजलाई सहयोग गर्न पहिलोपटक विशाल युद्धपोत पठाएको छ । सन् २०१५ मा जापानी सेनाको भूमिका बढाउने विवादास्पद कानुन पारित भएपछि पहिलो पटक यस्तो युद्धपोत बाहिर पठाइएको हो ।

‘इजुमो’ नाम दिइएको हेलिकोप्टरसमेत बोक्न सक्ने उक्त युद्धपोतले कोरियाली प्रायद्विपमा तैनाथ अमेरिकी जहाजको पहरेदारीमा सहयोग पुर्‍याउने जनाइएको छ । अमेरिकी पानी जहाजले आफ्ना नौसैनिक विमानका लागि इन्धन आपूर्तिको व्यवस्था गर्दैछ । २ सय ४९ मिटर लामो जुमोले नौ वटा हेलिकोप्टर बोक्न सक्ने क्षमता राख्छ ।

बढ्दो तनाबका बीच उत्तर कोरियाले भने यस्ता जहाज डुबाउने चेतावनी दिएको छ । केही समय अघि मात्र जापान र अमेरिकाका सेनाले संयुक्त अभ्यास गरेका थिए । दक्षिण कोरियाले पनि अमेरिकी सेनासँग संयुक्त सैन्य अभ्यास गरेको छ । छिमेकीको यस्तो व्यवहारबाट रुष्ट उत्तर कोरियाले भने लगातार मिसाइल परिक्षण गरिरहेको छ ।

Comments

Popular posts from this blog

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला