अमेरिका पछि जापानले पठायो ‘इजुमो’ठुलो युद्धपोत, उत्तर कोरियाले दियो डुबाउने चेतावनी



काठमाडौं, वैशाख १९ । जापानले कोरियाली प्रायद्विपमा तैनाथ अमेरिकी जहाजलाई सहयोग गर्न पहिलोपटक विशाल युद्धपोत पठाएको छ । सन् २०१५ मा जापानी सेनाको भूमिका बढाउने विवादास्पद कानुन पारित भएपछि पहिलो पटक यस्तो युद्धपोत बाहिर पठाइएको हो ।

‘इजुमो’ नाम दिइएको हेलिकोप्टरसमेत बोक्न सक्ने उक्त युद्धपोतले कोरियाली प्रायद्विपमा तैनाथ अमेरिकी जहाजको पहरेदारीमा सहयोग पुर्‍याउने जनाइएको छ । अमेरिकी पानी जहाजले आफ्ना नौसैनिक विमानका लागि इन्धन आपूर्तिको व्यवस्था गर्दैछ । २ सय ४९ मिटर लामो जुमोले नौ वटा हेलिकोप्टर बोक्न सक्ने क्षमता राख्छ ।

बढ्दो तनाबका बीच उत्तर कोरियाले भने यस्ता जहाज डुबाउने चेतावनी दिएको छ । केही समय अघि मात्र जापान र अमेरिकाका सेनाले संयुक्त अभ्यास गरेका थिए । दक्षिण कोरियाले पनि अमेरिकी सेनासँग संयुक्त सैन्य अभ्यास गरेको छ । छिमेकीको यस्तो व्यवहारबाट रुष्ट उत्तर कोरियाले भने लगातार मिसाइल परिक्षण गरिरहेको छ ।

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला