४ वर्ष कतार बस्दा हातमा ५० हजार मात्रै ! यस्तो पनि के कतार बसाइ भयो पढ्नुहोस



फागुन २० – ४ वर्षअघि कतार उड्दै गर्दा विनोद कुमारको उद्देश्य एउटै थियो थियो, नयाँ दुलहीको मुहारमा खुसी ल्याउने । सयकडा ३ देखि ४ रुपैयाँसम्मको चर्को ब्याजमा एकलाख रुपैयाँ ऋण लिएर काठमाडौं ठमेलको एउटा म्यानपावरलाई बुझाउँदा कहिल्यै ऋणको बोझ नबोकेका विनोद कुमारलाई पर्नु पिर परेको थियो ।

यस्तै बाध्यताकाबिच २०६१ सालमा कतार जानुभएको थियो, रामेछापको रामपुर गाविस—१ साहिटारका दिनोद कुमार मगर । उहाँलाई म्यानपावरले महिनाको ५ सय ५० रियाल तलब हुने अनि दिनको २ घण्टा ओभरटाइम पनि हुन्छ भनेको थियो । त्यसमा पनि खाने बस्ने सुबिधा पनि छ भनेर एजेन्टले पहिल्यै फकाएका थिए । ‘उनीहरुका कुरा सुन्दा ओभरटाइम र तलबको पैसा जोगाउँदा ८ महिना जतिमा ऋण तिरिसक्छु अनि बाँकी १६ महिना कमाएर घर फर्कन्छु भन्ने लागेको थियो’ विनोदले भन्नुभयो ।

तर कतार पुगेपछि न एजेण्ट र म्यानपावरले भनेजस्तो भयो, न त विनोदले सोचे जस्तो नै । कतारको मिडम्याक भनिने कम्पनी अन्तर्गत बिल्डिङ कन्सट्रक्सनमा स्टील फिक्सर हेल्परमा गएका विनोदकुमारले पहिलो महिनाको तलब ४ सय रियाल मात्रै पाएपछि विदेश जाने बेला देखेको सपना पूरा नहुने अड्कल काटिसक्नुभएको थियो । त्यसमा पनि कम्पनीले खानाको भन्दै १ सय ५० रियाल काटेपछि उहाँ झनै निराश हुनुभयो । ‘नेपालमा भए पो ठेकेदार र मालिकसँग भने अनुसारको तलब किन नदिएको भनेर झगडा गर्नु त्यहाँ त न भाषा आउँछ न कामको सिप नै छ, त्यसैले केही गर्न सकिएन’ विनोदले भाषा र सीप नजान्दाको पीडा सुनाउनुभयो ‘काम गर्न नजान्दा मालिकले अरवी भाषामा गाली गथ्र्यो तर उसले गाली गरेको हो भन्ने कुरा उसको बिग्रेको अनुहार र शरीरको हाउभाउले थाहा हुन्थ्यो ।’

साहुले गाली गरेपछि उहाँले पनि त्यसको जवाफ फर्काउनुहुन्थ्यो । तर अरबी भाषामा होइन नेपालीमा । ‘उसले गाली गरेको मैले बुझ्दिनथें, अनि मैले गाली गरेको उसले पनि बुझ्दैनथ्यो’ विनोदले दुःखको बिचमा भएको रमाइलो पनि साट्नुभयो । उसले नबुझेर अरुलाई सोध्यो, तर साथीहरुले केहि पनि होइन भनेर जोगाइदिन्थे विनोदलाई । विनोदसँग हातमा सीप थिएन, त्यसैले सोचे जस्तो काम पाउनुभएन । साहुले पनि उहाँबाट भने जस्तो काम लिन नपाएपछि उहाँहरुबिचको भनाभनको दोहोरी एक वर्षसम्मै चलिरह्यो । तर जति झगडा गरेपनि सीप नभएकाले उहाँको केही चलेन । उहाँसँगै काम गर्ने सीप भएकाहरुले महिनाको ९ सय रियालसम्म कमाउँथे, तर उहाँले ४ सय रुपैयाँमै चित्त बुझाउनुपर्यो ।

कमाइ नभएपनि जाँदा लागेको ऋण बढेर कमाएको भन्दा धेरै भइसकेको थियो । त्यसैले ऋण तिर्न ३ वर्ष लाग्यो । अनि त्यतिञ्जेलमा बचाएको एक लाख रुपैयाँ भित्रैबाट श्रीमतीका लागि लुगाफाटो र आफन्तका लागि विदेशको चिनो लिएर २०६५ सालमा घर आईपुग्दा त ५० हजार मात्र थियो साथमा ।

त्यतिबेला उहाँलाई ४ वर्ष बरु स्वदेशमै काम गरेको भए त्यो भन्दा बढी कमाउन सकिन्थ्यो भन्ने लाग्यो । अहिले उहाँ रामेछाप बजारमा दिनको एक हजार रुपैयाँ ज्यालामा ज्यामी काम गर्दै हुनुहुन्छ । विनोद भन्नुहुन्छ ‘विदेशमा गर्ने मेहनत आफ्नै स्थानिय गाउँ बजारमा लाज नमानी गर्ने हो भने खाँडी मूलुकमा जती सम्पती स्वदेशमै कमाउन सकिँदोरहेछ ।’

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला