विश्व ध्वस्त पार्न आफ्नो तीनवटा बम नै पर्याप्त रहेको उत्तर कोरियाको दाबी



प्योङयाङ्ग, वैशाख १२ । उत्तर कोरियाले विश्व ध्वस्त पार्न आफ्नो तीनवटा बम नै पर्याप्त रहेको दाबी गरेको छ ।
पश्चिमी मुलुकका लागि उत्तर कोरियाका अनौपचारिक दूत आलेजान्ड्रो काओ डि बोनोसले केवल तीनवटा उत्तर कोरियाली बमले विश्व ध्वस्त हुने दाबी गरेका हुन् 

आलेजान्ड्रो अन्य मुलुकसँग सांस्कृतिक सम्बन्धलाई लिएर उत्तर कोरियाको प्रतिनिधित्व गर्दछन् ।

पछिल्लो समय उत्तर कोरियाको परमाणु कार्यक्रम र अन्तर्राष्ट्रिय चेतावनीका बारेमा सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘उत्तर कोरियालाई कसैले केही गर्न सक्दैन, हामीसँग तीनवटा यस्ता परमाणु बम छन्, जसले विश्वलाई नै ध्वस्त पार्न सक्छ ।’

स्पेनिश मुलका उनी उत्तर कोरियाको नागरिकता पाउने पहिलो पश्चिमी हुन् ।

उनले उत्तर कोरियामा मानवअधिकार हननको बारेमा लगाइएको आरोप निराधार रहेको समेत दाबी गरे । ‘यो त अमेरिका, बेलायतजस्ता मुलुकले फैलाएको भ्रम हो,’ उनले भने ।

उत्तर कोरियाको समाज शान्त र सुरक्षित रहेको उनको भनाइ थियो । ‘उत्तर कोरियालीहरुमा कुनै सामाजिक संघर्ष छैन, मानिसहरु सडकमा सुत्नु परेको छैन, एक अर्कालाई सहयोग गर्दछन्,’ उनले भने । (एजेन्सी)

Comments

Popular posts from this blog

बाफरे महिलाहरुले आफु सुन्दरी बन्न यति सम्म गर्छन् भन्ने त सोच्न पनि सकिन्न ! हेर्नुहोस भिडियो जे देखियो

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!