नवलपरासीको चार स्थानमध्ये तीनमा एमालेको अग्रता

नवलपरासीमा चार स्थान मध्ये तीन स्थानमा एमालेले अग्रता कायम गरेको छ , एकमा कांग्रेस अगाडि छ ।एमालेका मेयरका उम्मेदवार चन्द्रा पुनले १२१ मत पाएकी छन भने प्रेमशंकर मर्दनियाले १२१ मत पाएका छन् ।

देवचुली नगरपालिकामा एमालेले अग्रता लिएको छ । एमाले मेयरका उम्मेदवार हरिप्रसाद न्यौपानेले ३५९ मत पाएका छन् भने कांग्रेसका पूर्णकुमार श्रेष्ठले २५८ मत पाएका छन् ।गैडाकोटमा पनि एमाले अगाडि छ । मेयरमा एमालेका छत्रराज पौडेलले २९४ मत पाएका छन् भने कांग्रेसका गजेन्द्र ओलेले २२२ मत पाएका छन् ।

विनयी गाउँपालिकाको प्रमुखमा एमालेका लक्ष्मण पाण्डेले २८१ मत पाएका छन् भने उपमेयरमा तारा विकले ३७७ मत पाएकी छन् । कांग्रेसका डम्बर जिसीले १५४ मत पाउँदा उपप्रमुखमा मीना रानाले ६६० मत पाएकी छन् ।

यसैगरी मध्यविन्दु नगरपालिकाको मेयरमा एमालेका भीमलाल अधिकारीले १६२ मत पाउँदा कांग्रेसका चन्द्रबहादुर रानाले ११८ मत पाएका छन् ।कावासोती नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका मेयरका उम्मेदरवार महेन्द्र पोखरेलले १२७ मत पाएका छन् भने उपमेयरमा खागिसरा गरुङले १२१ मत पाएकी छन् ।

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला