निर्वाचन प्रक्रिया बिथोल्न खोज्नेमाथि कडा निगरानी, प्रहरीले गर्छ यस्तो कारवाही



काठमाडौँ, २० वैशाख । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा कुनै पनि पार्टी, समूह तथा आपराधिक समूहले निर्वाचन प्रक्रियालाई खलल पु¥याउन गर्नसक्ने गतिविधिप्रति विशेष निगरानी गर्ने भएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा परिसरका प्रमुख प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीले यो जानकारी दिनुभएको हो ।

उहाँले काठमाडौँबाट निर्वाचन सुरक्षामा केन्द्रित भई गरिएका कार्यको जानकारी लिँदै समयसापेक्ष विकसित घटनाक्रमप्रति चनाखो भई सुरक्षा योजना निर्माण तथा कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।

कानुन विपरीत क्रियाकलाप गर्नेलाई समयमै नियन्त्रणमा लिएर आवश्यक कारबाही गर्न र निर्वाचनमा सहभागी हुने जनताका लागि भयरहित वातावरण सिर्जना गर्न मातहतका वृत्त, प्रभाग तथा कर्मचारीलाई उहाँले निर्देशन पनि दिनुभयो ।

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला