निर्वाचन प्रक्रिया बिथोल्न खोज्नेमाथि कडा निगरानी, प्रहरीले गर्छ यस्तो कारवाही



काठमाडौँ, २० वैशाख । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा कुनै पनि पार्टी, समूह तथा आपराधिक समूहले निर्वाचन प्रक्रियालाई खलल पु¥याउन गर्नसक्ने गतिविधिप्रति विशेष निगरानी गर्ने भएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा परिसरका प्रमुख प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीले यो जानकारी दिनुभएको हो ।

उहाँले काठमाडौँबाट निर्वाचन सुरक्षामा केन्द्रित भई गरिएका कार्यको जानकारी लिँदै समयसापेक्ष विकसित घटनाक्रमप्रति चनाखो भई सुरक्षा योजना निर्माण तथा कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।

कानुन विपरीत क्रियाकलाप गर्नेलाई समयमै नियन्त्रणमा लिएर आवश्यक कारबाही गर्न र निर्वाचनमा सहभागी हुने जनताका लागि भयरहित वातावरण सिर्जना गर्न मातहतका वृत्त, प्रभाग तथा कर्मचारीलाई उहाँले निर्देशन पनि दिनुभयो ।

Comments

Popular posts from this blog

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला