बच्चन परिवारले किन मन पराउँदैनन् विश्वकै सुन्दरी एेश्वर्यालार्इ?



बलिउडका चर्चित जोडी अभिषेक बच्चन र ऐश्वर्या रायको विवाहको १० वर्ष पुगेको छ । तर यो अवधिमा उनीहरुको सम्वन्ध सुखद रहन सकेन ।


खासगरी ऐश्वर्या र अभिषेककी आमा जया बच्चनबीच बारम्बार उत्पन्न हुने किचलो भारतीय सञ्चारमाध्यममा छरपस्टै छन् । आमा र श्रीमतीबीचको विवादमा अभिषेक प्राय आमाकै पक्षमा हुन्छन् । यसले गर्दा पनि ऐश्वर्या आफ्नो पतिसँग खुशी छैनन् ।


एउटा फिल्मको स्क्रिनिङमा त अभिषेकले मिडियाकै अगाडि ऐश्वर्याको बेइज्जत गरेका थिए । मिडियाले अभिषेक र ऐश्वर्याको एकसाथ फोटो खिच्न खोज्दा अभिषेक ‘उनको मात्रै खिच्नु’ भनेर सन्किदै हिँडेका थिए । सो घटनाबाट ऐश्वर्या निकै लज्जित भइन् ।


यता सासु-बुहारीको सम्वन्ध बिग्रेको चाहिँ ऐश्वर्याको फिल्म ‘धुम टु’ को बेलादेखि नै हो । सो फिल्ममा अभिनेता ऋतिक रोशनसँग ऐश्वर्याको लिपलक सिन थियो । उक्त सिनलाई जयाले पचाउन सकिनन् र आपत्ति जनाइन् । बच्चन परिवारले सो दृष्य फिल्मबाट हटाउनसमेत निर्माण पक्षलाई दवाव दिएको थियो । सोही फिल्ममा ऐश्वर्याले लगाएको छोटो लुगालाई लिएर पनि जयाले बखेडा गरेकी थिइन् ।

केही समयअघि रिलिज भएको फिल्म ‘ए दिल है मुश्किल’ मा रणवीर कपुरसँग ऐश्वर्याले दिएको इन्टिमेट सिनलाई लिएर पनि बच्चन परिवार रुष्ट बनेको छ । स्वयम् अभिषेक बच्चनलाई पनि यो कुरा मन परेको छैन । उक्त फिल्मको स्किनिङमा बच्चन परिवारका कोही पनि उपस्थित भएनन् । अभिषेकले आफ्नी पत्नीको फिल्मलाई एक पटक पनि प्रमोसन गरेनन् ।

पछिल्लो समय ऐश्वर्या र जया बेग्लाबेग्लै बस्न थालेको समाचार भारतीय मिडियाहरुमा आएको छ । तर, यसको पुष्टी भने हुन सकेको छैन ।

छोरी आराध्यालाई लिएर पनि ऐश्वर्या र अभिषेकबीच खटपट चलिरहेको बताइन्छ । समाचारअनुसार अभिषेक आफ्नी छोरीलाई बालकलाकारका रुपमा हिन्दी सिनेमामा इन्ट्री गराउन चाहन्छन्, तर ऐश्वर्या यसका लागि तयार छैनन् । -एजेन्सी

Comments

Popular posts from this blog

बाफरे महिलाहरुले आफु सुन्दरी बन्न यति सम्म गर्छन् भन्ने त सोच्न पनि सकिन्न ! हेर्नुहोस भिडियो जे देखियो

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!