काखमा छोरो, हातमा लिटो : यसरी लियो भाइले दाइको ज्यान

बैशाख २५, भक्तपुर – दश महिनाको दुधे बालकलाई काखमा राखेर सधैं झै सरोज सुवेदी लिटो खुवाउँदै थिए । छोरालाई खेलाउँदै खुवाउदैं गर्दा उनीमाथि एक्कसी खुकुरी प्रहार भयो । उनी ढले ।
झापा तामुङ्दुवा– ३ घर भई मध्यपुरथिमि नगरपालिका कौशलटारमा बस्ने ३२ वर्षीय सरोजको आफ्नै मामाको छोराको खुकुरी प्रहारबाट हत्या भयो ।

आइतबार बिहानै फुपूको छोरालाई खुकुरी हानेर फरार भएका २६ वर्षीय पारस भन्ने अभिशेक कोइरालालाई प्रहरीले धादिङबाट पक्राउ गरेको छ ।
एसबिआई बैकमा काम गर्ने सरोज र अभिशेक नातामा दाजुभाई थिए । तर एउटा भाईले यसरी दाईको हत्या ग¥यो जुन फिल्मी दृश्य भन्दा फरक छैन् ।

अभिशेकले प्रहरी समक्ष आफुलाई सधै जिस्काउने गरेको, हेप्ने गरेकोले नै सरोजलाई खुकुरी प्रहार गरेको प्रारम्भिक बयान दिएका छन् ।
उक्त दिन सरोजका आमा भवानी र बुवा प्रेम सुवेदी आखाँ जचाउन अस्पताल गएका थिए उनीहरु केही दिनपछि आफन्त भेट्न अमेरीका जाने तयारी गरीरहेका थिए ।
बाटोमा गयो ज्यान
-महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक किरण राणाको अनुसार छोरालाई काखमा लिएर लिटो खुवाउँदै गर्दा सरोजमाथि खुकुरी प्रहार भएको हो ।
उनको घाँटी, टाउको, हातमा अन्धाधुन्ध खुकुरी हानिएको छ । सुवेदीको उपचारका लागि बिएन्डबी अस्पताल लैजाँदै गर्दा मृत्यु थियो ।

प्रहरीका अनुसार,
-घरमा सुवेदीका श्रीमती प्रतिक्षा सुवेदी, दश महिनाको बच्चा र काम गर्ने महिला भएकै समयमा (बिहान) आएका कोइरालाले कोठामा रहेका सुवेदीमाथि एक्कासि खुकुरी प्रहार गरे ।
-सरोजले अभिशेकलाई आनीबानी ठिक नभएको भन्दै सम्झाउने गर्दथे र कहिले काँही गाली पनि गर्दथे यही नै उनको हत्याको मुख्य कारण देखिएको छ ।
-खुकुरी प्रहारपछि अभिशेक सरासर घर गए । रगत लागेको कपडा फेरे । झोलामा नागरिकता, पार्सपोट तथा कपडा राखेर बाहिर निस्किए ।
-हत्या गर्न प्रयोग भएको खुकुरी भने अभिशेकले घर नजिकै जमिनमा गाडेको अवस्थामा फेला परेको छ ।
-भाग्ने प्रयास गरेका अभिशेकलाई खोजी गर्ने क्रममा मोटरसाइकलमा पोखरातर्फ जाँदै गर्दा धादिङबाट पक्राउ गरी भक्तपुर ल्याइएको छ ।

साभार :-रातोपाटीबाट

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला