श्रीमती हुदाहुदै प्रेमिकालाई भगाएपछि सडकमै भयो बवाल

 
जब प्रेमको भूत चढ्छ तब प्रेमले बजार नचाउँछ । यस्तै मामला भारतको हिमाञ्चल जिल्लाको अम्ब क्षेत्रमा देखिएको छ । एक महिलालाई चार बच्चाका बाबुसंग माया पाउन तब अप्ठेरो पर्यो जब प्रेमीकी पत्नी र छोरीले उनलाई बजारमै कुटे । यो घटना ऊनाको अम्ब विधानसभा क्षेत्रसंग जोडिएको छ ।

अम्ब बस स्टेशनमा त्यो समय हंगामा भयो जब एक महिलाले आफ्नो पतिलाई अन्य महिलासंग देखिन् उनलाई जमेर कुटिन । जबकि त्यहि मौका छोपेर उनका पति मौका फरार भएका थिए । अहिले यो केश प्रहरीसम्म पुगिसकेको छ । महिलाका पतिले आफ्ना चार बच्चा र पत्नीलाई छोडेर अरुसंग नै विहे गर्ने अम्बे पुगेका थिए ।

जब महिलाले आफ्नो पतिको क्रियाकलापबारे थाहा पाइन तब आफ्नी छोरी सहित उनी अम्बे पुगेकी थिइन् । जसरी पति आफ्नो प्रेमिकाका साथ अम्बे बस स्टेशनमा पुगे अनि उसकी पत्नी र छोरीले दुबैलाई सोधपुछ गरेका थिए ।

पति मौकाको फाइदा उठाउँदै फरार भएपनि पतिकी प्रेमिकालाई आमा र छोरी मिलेर बजारमै कुटेका थिए । त्यसपछि पत्नी र छोरीलाई प्रेमिकालाई मारपिट गर्न लागेका बेला प्रहरीले पक्राउ गरेर थानामा लिएको थियो ।

पिटाई खाएकी महिलाले भने आफ्नो प्रेमी विवाहित भएको समेत थाहा नपाएको बताएकी छिन् । यस घटनाबारेमा अनुसन्धान गर्दै कार्वाही अगाडि बढाएको एसपी ऊना अनुपम शर्माले जानकारी बताइन् । एजेन्सी ।

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला