नेकपा (एमाले)ले निकालेको विजय यालीमा ढुङ्गा प्रहार हुँदा ६ जना घाइते

सिन्धुली, ४ जेठ । सिन्धुलीको तीनपाटन गाउँपालिकामा बुधबार राति ९ः३० वजे नेकपा (एमाले)ले निकालेको विजय यालीमा ढुङ्गा प्रहार हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था भने गम्भीर रहेको छ ।

घाइते हुनेमा तीनपाटन गाउँपालिका–८ निवासी शिव श्रेठ, जीवन श्रेष्ठ, हरि घिमिरे, हिरा न्यौपाने, कर्ण तामाङ, विष्णु अधिकारी घाइते भएका छन् । घाइतेमध्ये शिव श्रेष्ठ गम्भीर घाइते हुनुभएको स्थानीय जमुना अधिकारीले जानकारी दिनुभयो ।

घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । तीनपाटनको मतगणनास्थल लाम्पान्टारबाट निकालिएको विजय ¥यालीमा ढुङ्गा प्रहार भएको थियो । वडा नं ८ मा नेकपा एमालेका रेखराज अधिकारी निर्वाचित भएपछि विजय याली निकालिएको थियो । रासस

Comments

Popular posts from this blog

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला