विवाहको तीन घन्टामै सम्बन्ध विच्छेद गर्ने दुलाहालाई लगाइयो जुत्ताको माला



एजेन्सी । सामान्यतया विवाहपछि प्रायः जोडीको रमाइलो दाम्पत्य जीवन सुरु हुन्छ। तर, भारतका एक दुलाहालाई भने नवदुलहीले तीन घण्टामा नै सम्बन्धविच्छेद गरिदिएकी छिन्

लोभी दुलाहाले धेरै दाइजो मागेपछि सिन्दुर हालेको तीन घण्टामै दुलहीले सम्बन्धविच्छेद गरेर अर्को पुरुषसँग विवाह गरेकी हुन्। दाइजोको विषयलाई लिएर बेहुलीपक्षले दुलाहाको आधा कपाल मुन्डन गरी जुत्ताको माला लगाइदिएका थिए।

पूर्वी भारतको चन्दवा गाँउका १८ वर्षीय रुबना पर्भिन र १८ वर्षीय मुन्ताज अन्सरीको बुधबार विवाह भएको थियो। परम्परागत विवाहपछि रिक्सा चालक बेहुलाले दाइजो र महँगो मोटरसाइकल मागेका थिए।

बेहुलीका बाबु बसिर पर्भिनले बेहुलाका लागि जसोतसो मोटरसाइकल जुटाएका थिए। तर, मुन्तज त्यतिमै सन्तुष्ट देखिएनन् र नयाँ मोडेलको बाइक ‘डिमान्ड’ गरे। ‘आफूलाई जे दिइएको छ त्यसैमा चित्त बुझाउन दुलाहालाई सबैले कर गरेका थिए, तर बेहुलाले दुलही नलिई घर जाने धम्की दिएपछि परिस्थिति अप्रिय बनेको थियो।

दाइजोकै विषयमा दुलाहा र दुलहीका बाबुबीच ठूलौ बहस भयो। विवाहमण्डपको दृश्य निकै डरलाग्दो थियो,’ एक साक्षीको भनाइ उद्धृत गर्दै डेलीमेलले लेखेको छ।

दुलाहाले दाइजोस्वरूप नयाँ मोडेलको बाइक डिमान्ड गरेपछि दुलही पक्षले दुलाहालाई जुत्ताको माला लगाएर चार पाटा मुडिदिए झगडा बढेपछि बेहुली रुबनाले स्थानीय मुस्लिम न्यायाधीश क्वाजीलाई बोलाइन्।

परिवारको समर्थनमै उनले सबैका अगाडि तीनपटक ‘तलाक’ शब्द घोषणा गरिन्, जुन शब्दले मुस्लिम धर्मअनुसार सम्बन्धविच्छेद गरेको अर्थ लाग्छ। स्थानीयको दबाबपछि दुलाहालाई लगाइदिएका गरगहना दुलाहा पक्षले फिर्ता गरेको थियो। आक्रोशितस्थानीयले यसअघि आफैँले टीका लगाएका दुलाहालाई जुत्ताको माला लगाइदिएका थिए।

स्थानीयले दुलाहाको घाँटीमा ‘दहेजका लागि म लोभी हुँ’ लेखेको प्लेकार्ड झुन्ड्याइदिएका थिए। त्यसपछि उनीहरूले दुलाहा र उनका भाइको आधा कपाल मुन्डन गरिदिएका थिए। सोही साँझ चार सन्तानका पिता बसिरले एउटा स्थानीयसँग छोरीको विवाह गरिदिएका थिए।

Comments

Popular posts from this blog

बाफरे महिलाहरुले आफु सुन्दरी बन्न यति सम्म गर्छन् भन्ने त सोच्न पनि सकिन्न ! हेर्नुहोस भिडियो जे देखियो

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!