खाडीमा काम गर्न जाने नेपाली कामदारको स्वास्थ्य जोखिममा ! यस्तो छ कारण

गरिबी र बेरोजगारीका कारण जीविकोपार्जनका लागि आर्थिक स्रोत जुटाउन खाडी मुलुक गएकाहरुमा पछिल्लो समय जटिल स्वास्थ्य समस्या बढ्दो छ ।

कडा परिश्रमका कारण उनीहरुमा मृगौला मुटु लगायतका जटिल स्वास्थ्य समस्या देखिने गरेको चिकित्सकहरुले बताएका छन् । धन कमाउने आशमा खाडी पुगेर मृगौला फेल भएर फर्किनेहरुले खाडी मुलुक जानेहरुलाई स्वास्थ्यको ख्याल गरेर काम गर्न सुझाब समेत दिएका छन् ।

नेपालबाट एक हप्ता अगाडि मात्र कुवेत गएका म्याग्दीको मुदी गाविस–९ बगरका २२ वर्षीय केशव तिलीजामगरको शनिबार राति सुतेकै ठाउँमा मृत्यु भयो । त्यसैगरि धनुषाका महमद अन्सारीको पनि साउदीमा काम गरेको केहि बर्षमै दुवै किड्नी फेल भएपछि अहिले नेपाल मानब अंग प्रत्यारोपण केन्द्रमा किड्नी प्रत्यारोपण गरेर उपचार गराई रहेका छन् ।

साउदी गएर कडा परिश्रम गरेर कमाएको पैसा दुवै किड्नी फेल भएपछि उपचारमै सकिएको उनी बताउँछन् । नेपाल बाट जानु अगाडि आफ्नो स्वास्थ्य ठीक रहेको र साउदीमा कार्पेट काट्ने मेसिनमा कडा परिश्रमले किड्नी फेल भएको हुन् सक्ने उनको अनुमान छ ।

बैदेशिक रोजगारमा जाँदा मेडिकल चेकजांचमा स्वास्थ्य रहेका नेपाली युवाहरु खाडीमा गए पछि बिस्तारै बिभिन्न स्वास्थ्य समस्या देखिने गर्छ कति त बिरामी भएर फर्किन्छन् कति मृगौला फेल भएर ।

मुटुको रोग लागेर त कत्ति क्यान्सर भएर नेपाल फर्किन्छन् भने धेरैले ज्यान समेत गुमाएका छन् नेपालमा दैनिक ५ /७ जनाको शब खाडी मुलुकबाट आउने गरेको छ ।

साउदीबाट दुवै मृगौला फेल भएर फर्किएका धनुषाका महमद अन्सारीले खाडीमा काम गर्ने सबै नेपालीलाइ आफ्नो स्वास्थ्य ख्याल गरेर काम गर्न र खानपानमा ध्यान दिन सुझाब दिन्छन् ।

चिकित्सकहरुक अनुसार क्यान्सर मृगौला रोग मुटु लगायतका जटिल स्वास्थ्य समस्याहरु लिएर आउनेहरुलाई सोध्दा धेरै जसो पहिलो पटक बैदेशिक रोजगार गएकाहरु हुने गरेको बताएका छन् ।

गरिबीको कारण स्वास्थ्यको ख्याल नगरी खाडीमा कडा परिश्रम गरि कमाएको धन पछि गएर स्वास्थ्य उपचार मै खर्च गर्नु पर्ने बाध्यता धेरैका लागि आइपरेको छ । एजेन्सीको सहयोगमा

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला