मेरो श्रीमान राती सहवास गर्नु पूर्व सधै झै रक्सी पिउनुहुन्छ , मलाई पनि जवरजस्ती पिलाएर म सँग मजा लुट्नु हुन्थ्यो तर…



म ३३ वर्षकी भएँ । मेरो विवाह भएको ६ वर्ष भयो । मेरा श्रीमान् ३९ वर्षको हुनुहुन्छ । हाम्रो मागी विवाह भएको थियो । उहाँ सुरुदेखि नै यौनसम्बन्ध राख्नुअघि बियर वा रक्सी पिउन रुचाउनुहुन्छ । वियर वा रक्सी नपिई यौनेच्छा नै नहुने उहाँबताउँनुहुन्छ । हिजोआज मलाई पनि ती कुरा पिउन कर गर्नुहुन्छ । बिस्तारै उहाँको यस्तो व्यवहार बढ्दै गएको छ । उहाँको यस्तो व्यवहारले मलाई दिक्क तुल्याउन थालेको छ ।

मलाई यस्तो व्यवहारले भविष्यमा नकारात्मक असर गर्न सक्छ भन्ने लाग्छ । के मेरो डर साँचो हो ?कतिपय मानिस बियर वा रक्सी पिएपछि आफू नजिकको व्यक्तिलाई आकर्षक देख्छन् । उनीहरू रक्सी पिएको व्यक्तिलाई पनि आकर्षक देख्न थाल्छन् । जो आफू आकर्षक नभएको महसुस गर्छन् उनीहरूले बियर वा रक्सी पिएपछि आकर्षक भएको महसुस गरेपछि त्यसको असरस्वरूप यौनसम्बन्ध राम्रो हुन्छ भन्ने मान्छन् । एक अनुसन्धानमा बियर वा रक्सी पिउन दिएपछि पुरुषलाई महिलाको तस्बिर तथा महिलालाई पुरुषको तस्बिर हेर्न लगाई उनीहरूको प्रतिक्रिया लिइएको थियो । बियर वा रक्सी पिएको तथा नपिएको अवस्थामा एउटै तस्बिर हेर्दा व्यक्त हुने प्रतिक्रियाका आधारमा नतिजा निकालिएको यो अध्ययनलाई अन्तर्राष्ट्रिय जगत्मा बियर गुगल भनिन्छ ।

रक्सीे वा बियरको सेवनले यौन व्यवहारमा अनेकन असर गर्न सक्छ । यसको प्रभावले यौन क्रियाकलाप घटाउँछ । आफ्नो लाज लुकाउन खोज्दा मनोवैज्ञानिक असर पर्छ । क्षणिक रूपमा उत्तेजित गरिसकेपछिको अवस्थामा मादक पदार्थ सेवन गर्नेहरूमा दिक्दारी देखा पर्छ । रक्सी सेवनपछि शारीरिक प्रणालीको सन्तुलनमा प्रतिकूल असर पर्न थाल्छ । रक्सी सेवनले खुसी भइन्छ वा रमाइलो हुन्छ भनिन्छ, तर यसको सेवनले दिक्दारीपन वा रिस बढ्न सक्छ । यसले सन्तुलन वा समन्वयमा पनि नकारात्मक असर गर्छ । मादक पदार्थ सेवनले स्खलनमा समस्या ल्याउने मात्र नभै नपुंसकतासमेत बढाउँदै लान्छ । रक्सीको सबैभन्दा ठूलो नकारात्मक असर आत्मबल घट्नु हो । परिणाम ? पुरुषको यौन व्यवहारमा नाटकीय असर देखा पर्छ ।

अनुसन्धानहरूअनुसार, थोरै मादक पदार्थ सेवनले पनि अण्डकोषबाट उत्पादन हुने टेस्टोसटेरोन हार्मोनमा कमी ल्याउँछ । टेस्टोसटेरोन हार्मोन यौन उत्तेजनाका लागि महत्त्वपूर्ण मानिन्छ । त्यसकारण रक्सी सेवनले पुरुषको यौन क्रियाकलापमा असर पार्छ । अनुसन्धानअनुसार त्यसले यौन सन्तुष्टि, यौन उत्तेजना, वीर्य स्खलन तथा चरम आनन्दमा कमी ल्याउँछ । यौनसम्पर्क गर्नुअघिको रक्सी सेवनले विभिन्न जोखिममा परिने सम्भावना पनि उत्तिकै हुन्छ । जस्तै : असुरक्षित यौन सम्बन्ध, अनिच्छित गर्भधारण तथा बलात्कारका साथै यौनरोगको जोखिम पनि उच्च हुन्छ, तर धेरैजसो युवा यसलाई स्वीकार गर्दैनन् । सेक्सपियरको एउटा पुरानो भनाइअनुसार यसले इच्छा त बढाउँछ तर दक्षता घटाउँछ ।

यौनसम्पर्क गर्नुअघि थोरै रक्सी सेवन गर्दा केही मात्रामा लाज हटाएर आफू अगाडि भएको व्यक्तिसँग खुल्न तथा रोमान्टिक महसुस गर्न मद्दत गर्छ । यौनसम्बन्धलाई लिएर नर्भस हुने पुरुषहरूलाई यौन आनन्द लिन र शीघ्र स्खलन कम गर्न मदिरापानले मद्दत गर्ने कुरा बताइन्छ, यद्यपि रक्सी नै यसको समाधान भने होइन ।यदि तपाईंको श्रीमान्ले यौनसम्बन्धभन्दा अघि रक्सी सेवनलाई सहयोगी तत्त्वका रूपमा लिनुभएको छ भने त्यसले लामो समयपछि उहाँको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पुर्‍याउन सक्छ । अर्को कुरा, यसले तपाईंहरूको आत्मीय सम्बन्धमा समेत नकारात्मक असर पार्छ । यसले बिस्तारै यौन दक्षतामा कमी ल्याउनुका साथै एक–अर्काप्रतिको सम्मानमा पनि कम गर्छ

Comments

Popular posts from this blog

बाफरे महिलाहरुले आफु सुन्दरी बन्न यति सम्म गर्छन् भन्ने त सोच्न पनि सकिन्न ! हेर्नुहोस भिडियो जे देखियो

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!