असार ८ गतेदेखि मदिरा बेच्न नपाइने

असार ७—यहाँको स्थानीय प्रशासनले असार ८ गतेदेखि दाङमा मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । मङ्गलबार दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो ।

दाङका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक धिरजप्रताप सिंहका अनुसार जिल्लाका कुनै पनि सार्वजनिकस्थल, होटेल, रेस्टुरेन्ट लगायतका स्थानमा असार ८ गतेदेखि मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लागाउने निर्णय भएको बताए ।

त्यस्तै, सर्वदलीय सर्वपक्षीय बैठकले राजनीतिक दलका बीचमा चुनाव प्रचार प्रसारका क्रममा कुनै पनि समस्या उत्पन्न भएमा त्यो समाधान गर्नका लागि मुख्य निर्वाचन अधिकृत चुरामण खड्काको संयोजकत्वमा जिल्लामा क्रियाशील दलका प्रमुखहरु सदस्य रहेको एउटा समिति गठन भएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।

बैठकले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न राजनीतिक दललाई आग्रहसमेत गरेको छ ।

Comments

Popular posts from this blog

बाफरे महिलाहरुले आफु सुन्दरी बन्न यति सम्म गर्छन् भन्ने त सोच्न पनि सकिन्न ! हेर्नुहोस भिडियो जे देखियो

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!