भारतका प्रोफेसरहरु नै भन्छन दार्जिलिङ भारतको होईन ब्रिटिसले दिएको हो भिडियो

कस्को हो दार्जिलिङ ? दार्जिलिङको इतिहाँस

यो स्‍थानको खोज त्यस समय भयो जब एङ्गलो नेपाल युद्धको समयमा एक ब्रिटिश सैनिक टुक‍डी सिक्किम जानको लागि छोटो बाटो खोजीरहेको थिए । यस बाटोबाट सिक्किमसम्म सजिलै जान सकिने भएकोले यो स्‍थान बेलायतीहरूको लागि रणनैतिक रूपमा धेरै महत्वपूर्ण थियो । त्यस बाहेक यो स्‍थान प्राकृतिक रूपमा पनि धेरै नै सम्पन्न थियो। यहाँको चिसो वातावरण तथा हिमपात बेलायतीको आकर्षण थियो, जसको कारण बेलायतीहरू बिस्तारै बिस्तारै यहाँ बस्न थाले ।

प्रारम्भमा दार्जिलिङ नेपालको एक भाग थियो। पछि भूटानले यस माथि कब्‍जा गर्यो । फेरि केही समय पछि सिक्किमले यस माथी कब्‍जा गर्यो । १८औं शताब्‍दीमा पुन: यसलाई नेपालले कब्जा गर्यो। तर नेपालले यस माथि धेरै समयसम्म अधिकार राख्न सकेन । सन् १८१७ मा अङ्ग्रेज-नेपाल युद्धमा भएको हार पछि नेपालले यो भाग ईस्ट इंडिया कम्पनीलाई सुम्पनु पर्यो ।

आफ्नो रणनैतिक महत्व तथा तत्‍कालीन राजनैतिक स्थितिको कारण सन् १८४० तथा ५०को दशकमा दार्जिलिङ एउटा युद्ध स्थलको रूपमा परिणत भएको थियो । त्यस समय यो ठाँउ विभिन्न देशको शक्ति प्रदर्शन स्थल बनिसकेको थियो । पहिला तिब्बतका मानिस यहाँ आए। त्यसपछि यूरोपिय मानिसहरू आए । यसपछि रुसका मानिसहरू यहाँ बसे ।

यी सबलाई अफगानिस्तानका अमीरले त्यहाँदेखि खेदेका थिए । यो राजनैतिक अस्थिरता त्यसबेला समाप्त भयो जब अफगानिस्तानका अमीर अङ्गेजहरूसँग भएको युद्धमा हारे । यसपछि यसमा अङ्ग्रेजहरूको कब्जा थियो। पछि यो जापानी, कुमितांग तथा सुभाषचन्द्र बोसको इंडियन नेशनल आर्मीको पनि कर्मस्थल बन्यो । स्वतन्त्रता पछि ल्हासाबाट भागेका बौद्ध भिक्षु यहाँ आएर बसे ।

यस बेला, दार्जिलिङ पश्चिम बंगालको एक भाग हो । यो शहर ३१४९ वर्ग किलोमीटर क्षेत्रमा फैलिएको छ । यो शहर त्रिभुगएर छ । यसको उत्तरी भाग नेपाल र सिक्किमसँग जोडिएको छ । यहाँ शरद ऋतु अक्टोबर देखि मार्चसम्म हुन्छ । यस मौसममा यहाँ धेरै चिसो हुन्छ । यहाँ गृष्म ऋतु अप्रिल देखि जून सम्म रहन्छ । यस समयको मौसम हल्‍का चिसो हुन्छ । यहाँ वर्षा जून देखि सेप्टेम्बरसम्म हुन्छ । ग्रीष्म कालमा नै यहाँ धेरै पर्यटक आउँदछन् ।

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला