छोराबारे शाहरुख बोले: कुनै युवतीलाई किस गरे ओठ नै काटिदिन्छु? ,

काठमाडौँ- अभिनेता शाहरुख खानले छोरा आर्यनलाई लिएर कडा चेतावनी दिएका छन् । आर्यनले कुनै युवतीलाई किस गरे भने उनको ओठ नै काटिदिने चेतावनी शाहरुखको छ । एक अन्तर्वार्तामा उनको यस्तो अभिव्यक्ति आएको हो ।

त्यसो त एकपटक छोरी सुहानाको सन्दर्भमा पनि उनले यस्तै अभिव्यक्ति दिएका थिए । कुनै केटाले सुहानालाई किस गरे त्यो केटाको ओठ काटिदिने उनले बताएका थिए ।

बलिउड सेलेब्रिटीमाझ शाहरुख छोराछोरीको सवालमा निकै ‘इमोसनल’ अभिभावकका रूपमा चिनिन्छन् । उनले छोराछोरीको सुरक्षा गर्नु आफ्नो जिम्मेवारी भएको बताउँदै उनीहरूको जिन्दगी भने आफैँले चलाउने बताए ।नयाँ पत्रिकामा खबर छ ।

आर्यन र सुहानासँग उनको सम्बन्ध साथीकोजस्तो छ । आर्यन अहिले २० वर्षका भए । शाहरुखले भने, ‘आर्यन २० वर्षको भयो, वेलावेला हामी एक–अर्कालाई डर्टी जोक्स पनि सुनाउँछौँ । ’शाहरुख आर्यनलाई आफूभन्दा पनि स्टार अभिनेताका रूपमा हेर्न चाहेको बताउँछन् । उनमा फिल्मसम्बन्धी राम्रो ‘सेन्स’ भएको पनि शाहरुखले बताए ।

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला