‘अजयले गर्दा बिहे भएन’

असार १७, २०७४- अभिनेत्री तबु बलिउड र हलिउडकी समेत महसुर कलाकार मानिन्छिन् । उनले थुप्रै चर्चित फिल्महरू दिइसकेकी छन् । सन् १९८० देखि नै फिल्म क्षेत्रमा लागेकी उनी अझै सिंगल छिन् । आफू अविवाहित हुनुको कारण भने उनले आफ्नो प्रिय साथी एवं को–एक्टर, अजय देवगनलाई मान्ने गरेकी छन् । उनी ४५ वर्षकी भइसकेकी छन् । 

अजय–तबुले धेरैवटा फिल्ममा सहकार्य गरेका छन् । र, दुई राम्रा साथीका रूपमा चित्रण हुँदै आएका थिए । उनीहरूले एक–अर्कालाई चिनेको पनि झन्डै २५ वर्ष भइसकेको छ । तबुका अनुसार अजय उनका काकाको छोरा, समीर आर्याको मिल्ने साथी पनि हुन् । समीर र अजय अक्सर एक–अर्कासँग भेटघाट गरिरहन्छन् । 
‘म सानो छँदा अजय र समीर ममाथि कडा निगरानी राख्थे,’ हालैको एक अन्तरवार्तामा तबुले भनेकी छन्, ‘मसँग कोही केटा बोल्न थाल्यो कि उनीहरू त्यसलाई कुटेर भगाइदिन्थें । यही कारण आजसम्म मैले बिहे गर्न कोही केटा फेला पारेकी छैन । आशा गरौं, अजयलाई यो कुराको पश्चाताप छ ।’ अजयलाई आफूले वर खोजिदिन आग्रह गरेको समेत उनले बताएकी छन् । 

तबुले ‘विजयपथ’, ‘हकिकत’, ‘तक्षक’ जस्ता फिल्ममा अजयसँग काम गरेकी थिइन् । उनीहरू एकसाथ देखिएको पछिल्लो फिल्म ‘दृश्यम’ राम्रो चलेको थियो । दुईलाई ‘गोलमाल अगेन’ मा पुन: देख्न पाइनेछ । रोहित सेट्टी निर्देशित कमेडी जान्राको उक्त फिल्ममा उनीहरू एक–अर्काको जोडीका रूपमा आउँदै छन् ।

उनले ‘द नेमसेक’, ‘हनुमान’, ‘लाइफ अफ पाइ’ जस्ता अंग्रेजी फिल्ममा काम गरेकी छन् ।

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला