‘अजयले गर्दा बिहे भएन’

असार १७, २०७४- अभिनेत्री तबु बलिउड र हलिउडकी समेत महसुर कलाकार मानिन्छिन् । उनले थुप्रै चर्चित फिल्महरू दिइसकेकी छन् । सन् १९८० देखि नै फिल्म क्षेत्रमा लागेकी उनी अझै सिंगल छिन् । आफू अविवाहित हुनुको कारण भने उनले आफ्नो प्रिय साथी एवं को–एक्टर, अजय देवगनलाई मान्ने गरेकी छन् । उनी ४५ वर्षकी भइसकेकी छन् । 

अजय–तबुले धेरैवटा फिल्ममा सहकार्य गरेका छन् । र, दुई राम्रा साथीका रूपमा चित्रण हुँदै आएका थिए । उनीहरूले एक–अर्कालाई चिनेको पनि झन्डै २५ वर्ष भइसकेको छ । तबुका अनुसार अजय उनका काकाको छोरा, समीर आर्याको मिल्ने साथी पनि हुन् । समीर र अजय अक्सर एक–अर्कासँग भेटघाट गरिरहन्छन् । 
‘म सानो छँदा अजय र समीर ममाथि कडा निगरानी राख्थे,’ हालैको एक अन्तरवार्तामा तबुले भनेकी छन्, ‘मसँग कोही केटा बोल्न थाल्यो कि उनीहरू त्यसलाई कुटेर भगाइदिन्थें । यही कारण आजसम्म मैले बिहे गर्न कोही केटा फेला पारेकी छैन । आशा गरौं, अजयलाई यो कुराको पश्चाताप छ ।’ अजयलाई आफूले वर खोजिदिन आग्रह गरेको समेत उनले बताएकी छन् । 

तबुले ‘विजयपथ’, ‘हकिकत’, ‘तक्षक’ जस्ता फिल्ममा अजयसँग काम गरेकी थिइन् । उनीहरू एकसाथ देखिएको पछिल्लो फिल्म ‘दृश्यम’ राम्रो चलेको थियो । दुईलाई ‘गोलमाल अगेन’ मा पुन: देख्न पाइनेछ । रोहित सेट्टी निर्देशित कमेडी जान्राको उक्त फिल्ममा उनीहरू एक–अर्काको जोडीका रूपमा आउँदै छन् ।

उनले ‘द नेमसेक’, ‘हनुमान’, ‘लाइफ अफ पाइ’ जस्ता अंग्रेजी फिल्ममा काम गरेकी छन् ।

Comments

Popular posts from this blog

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला