कुवेतमा मृत्युदण्ड पाएकी डोल्मा नेपाल फर्किन सफल,मृत्युलाई जितेर स्वदेश फर्केकी उनको मुहारमा देखियो यस्तो मुस्कान



काठमाडौं, २५ असार । रोजीरोटीको मीठो सपना लिएर १२ वर्षअघि कुवेत पुगेकी सिन्धुपाल्चोककी डोल्मा शेर्पा जेलनेलको लामो सजाय बेहोर्दै शनिबार साँझ घर फर्केकी छन् ।

‘सानो छोरा र श्रीमानलाई घर छाडेर कुवेत गएकी थिएँ, सबै कुरा आफूले भनेजस्तो कसको हुन्छ र रु’,एक फिलिपिनो सहकर्मीको हत्याको आरोपमा १० वर्ष लामो जेल सजाय बेहोर्दै घरफिर्ती केन्द्र ९डिपोर्टसेन सेन्टर० बाट घर फर्किएकी ३८ वर्षिया डोल्माले सुनाइन, ‘जसरी भएपनि घर फर्कन पाएँ, म अत्यन्त खुशी छु, इन्साल्ला‘।’ कान्तिपुर दैनिकले समाचार छापेको छ ।

डोल्मालाई लिन उनका भाइ शेराब लामा विमानस्थल पुगेका थिए । खाडी मुलुकमा रोजीरोटीको सपनामयी योजना लिएर कुवेत पुगेकी सिन्धुपाल्चोक, क्यानसिङकी डोल्माका श्रीमान आङ तेन्जि शेर्पा अहिले रोजगारीकै क्रममा इराक पुगेका छन् भने उनका एक छोरा आफन्तको सहयोगमा काठमाडौंको विद्यालयमा अध्यनरत छन् ।

कुवेतमा डोल्मा प्रकरणको चर्चा सुरु भएलगत्तै खाडी मुलुकमा जाने नेपाली महिला कामदारको स्थिति र सरोकारमा बढी नै आवाज उठ्न थालेको हो । बिशेषत घरेलु काममा खाडी मुलुकमा महिलालाई पठाउनु हुन्न भन्ने पक्षमा सरकारी र गैरसरकारी तहमा बहस चलिरहेको भएपनि यो बिषय अझै ‘अनिर्णित’ छ ।

१० बर्ष लामो जेल सजायको अवधी यो जुन २० ९असार ६० मा पूरा भएपछि डोल्मालाई कुवेत सरकारको घर फिर्ती प्रकृया ९डिर्पोटेसन० केन्द्रमा राखेको थियो । २००७ को जुन २० देखि जेलमा रहेकी डोल्मालाई कुवेतको उच्च अदालतले २००८ को डिसेम्बर २३ मा सहकर्मी हत्या गरेको पुष्टीसहित मृत्युदण्डको सजाय सुनाएको थियो ।

लगत्तै नेपाल सरकारले गरेको आग्रह र अन्तर्राष्ट्रिय रुपमा चलेको ‘डोल्मा बचाउ अभियान’का कारण डोल्माको मृत्युदण्ड १० वर्षे जेल सजायमा रुपान्तरण भएको थियो । इस्लामिक कानूनअनुसार पीडित परिवारले ‘ब्लड मनी’ ९क्षतिपूर्ति० स्वीकार गरेको अवस्थामा डोल्माले पाएको कठोर सजाय मिनाह भएको थियो ।

सहमति अनुसारको १० हजार डलरको ब्लड–मनी उठाउन नेपाल सरकारले ४ हजार डलर ‘बीउ पैसा’ राखेर बााकी पैसा अन्र्तराष्ट्रिय तहमा नेपाली समुदायबाट उठाइएको थियो ।

‘मलाई देश–विदेशका नेपालीले गरेको सहयोग र जनाएको शुभेच्छाप्रति म धन्यबाद भन्न चाहन्छु,’ छोटो कुराकानीमाझ डोल्माले भनिन्, ‘यो सहयोग नभएको भए शायद म आज घर फर्कन सक्ने थिइान ।’

डोल्माले कुवेतस्थित नेपाली दुतावासले जेलमा रहेका नेपालीको पक्षमा आवाज उठाउन नसकेको प्रतिक्रिया दिइन् । डोल्मा दुतावासले उपलब्ध गराएको ‘ट्राभल डकुमेन्ट’ लिएर घर फर्केकी हुन् ।

डोल्मालाई मृत्युदण्ड सुनाइएको खबरलगत्तै खाडी क्षेत्रमा बिना अनुमती वा सरकारी प्रकृयाबिनै जाने नेपाली महिलाहरुको सरोकार नेपालमा सदनदेखि सडकसम्म तातेको थियो । पछिल्लो तथ्यांकमा खाडीको कुवेतमा मात्रै ६१ हजार नेपाली कामदार रहेकोमा २३ हजार घरेलु कामदार महिला छन् ।

दुतावासका अनुसार कुवेतका जेलमा हाल ५२ जना नेपाली रहेकोमा ३ जनालाई मृत्युदण्ड, १४ जनालाई आजीवन कारावास र अन्यलाई बढीमा १५ बर्षको जेल सजायमा थुनामा राखिएको छ ।

यसमा १ देखि १५ वर्षसम्मको जेल सजाय बेहोर्ने महिलाको संख्या ८ छ । थुनामा पर्नेमध्ये अधिकांश लागूपदार्थ कारोबारको अभियोग बेहोरिरहेका छन् ।

कुवेतमा घरेलु कामदारमाथि भएको श्रम शोषण र बढ्दो गैरकानूनी कामकारवाहीलाई आधार मानेर नेपाल सरकारले २०१४ को मार्च महिनादेखि घरेलु काममा श्रम स्वीकृति दिन बन्द गरेको छ । तैपनि लुकिछिपी अथवा भारतको बाटो भएर जाने महिलाहरु उत्तिकै रहेको स्थिति छ ।

डोल्मा भारतको बाटो हुादै अवैध रुपमा कुवेत गएकी थिइन् ।

Comments

Popular posts from this blog

बाफरे महिलाहरुले आफु सुन्दरी बन्न यति सम्म गर्छन् भन्ने त सोच्न पनि सकिन्न ! हेर्नुहोस भिडियो जे देखियो

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!