नाडी काटेपछि सृष्टि हस्पिटल

असार २३, २०७४- पूर्वमिस नेपाल सृष्टि श्रेष्ठले फिल्म गाजलुबाट नायिकाका रूपमा डेब्यु गरिन् । यतिबेला उनी लाउरेको छायांकनमा व्यस्त छिन् भने भर्खरै मात्र रोमियो एन्ड मुना सकिन् । फिल्म लालपुर्जामा पनि उनी विशेष भूमिकामा छिन् । पछिल्ला समय सृष्टि मिस नेपालको क्राउनका कारण भन्दा फिल्म र प्रेमका कारण चर्चामा छिन् । नायक सौगात मल्लसँगको घनघोर प्रेममा रहेकी सृष्टि गत आइतबार बिहान एकाएक काटिएको नाडी लिएर हस्पिटल पुगिन् ।

थापाथलीस्थित नर्भिक हस्पिटलको ५०४ नम्बरको डिलक्स रूपमा राखेर सृष्टिको तत्काल उपचार गरियो । टाँका लगाएर बेलुका नै नायिका डिस्चार्ज भइन् । तर उक्त घटनाले फिल्म क्षेत्रमा भने दिनभर संशय उत्पन्न गरायो । नायिका निकट स्रोतले उक्त बिहान प्रेमी सौगातसँग सृष्टिको झगडाको स्थिति निम्तेपछि आवेगमा आएर हात काटेको दाबी गर्छ । हस्पिटलले पनि सृष्टिको नाडीमा गहिरो गरी चोट नभएकाले नसा काटिनबाट बचेको बताएको छ ।

तर केही समयपछि नर्भिक पुगेका सौगातले भने दुर्घटना भन्दै त्यसलाई विवादित नबनाउन आग्रह गरेका छन् । उनका अनुसार, कपबोर्ड खसेर हातमा चोट लागेको हो । शनिबार आफ्नो जन्मदिन मनाउन जोडी पुल्चोकस्थित आफ्नै अपार्टमेन्टमा रमिरहँदा अचानक घटना घटेको सौगात बताउँछन् । घटना जे होस्, यतिबेला भने सृष्टि खतरामुक्त भई घर फिरेकी छन् । सोही घटनाका कारण लाउरेको छायांकनसमेत यतिबेला प्रभावित भएको छ । नायिका छिट्टै सेटमा फर्किऊन्, शुभकामना ।

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला