शाहरुख खान कपिलको कार्यक्रम सुटिङ नगरी फर्किए, कपिल सेटमै फेन्ट भए !



मुम्बई । कपिल शर्मालाई गत शुक्रबार एकपटक पुनः कार्यक्रमको सुटिङ स्थगित गरी अस्पताल भर्ना गर्नुपर्यो । शाहरुख खान, अनुष्का शर्मा र निर्देशक इम्तियाज अली ‘द कपिल शर्मा शो’ मा आफ्नो नयाँ फिल्म ‘जब ह्यारी मेट सेजल’ को प्रोमोशनका लागि पुगेका थिए । ३६ वर्षीय हास्यकलाकार कार्यक्रमको सेटमा नै अचेत भए र उनलाई नजिकैको अस्पताल पुर्याउनु पर्यो ।

कार्यक्रमका सदस्य किकू सारदाले कपिलले अप्ठेरो महसुस गर्न थालेपछि उनको उपचारका लागि तत्काल अस्पताल पुर्याउनुपरेको टाइम्स अफ इन्डियालाई बताए । उनले भने, ‘कार्यक्रमका लागि कार्यक्रम सेटमा शाहरुख खान आइपुग्दा कपिल उपचारका लागि अस्पताल गइसकेको थिए ।

उनले असहज महसुस गरिरहेका थिए र डाक्टरले उनलाई भर्ना गर्नुपर्ने सल्लाह दिए । कपिल अहिलेसम्म पनि अस्पतालमा छन् र उनको परिवारले उनलाई हेरबिचार गरिरहेको छ । अब हाम्रो अर्को सुटिङ ११ र १३ तारिखमा हुनेछ । तर यसपटक को सेलिब्रिटी आउनेछन् भन्नेबारे थाहा छैन ।’

कपिललाई अस्पताल भर्ना गरेको यो दोस्रो पटक हो । केही हप्ता अघि नायक तथा हास्यकलाकारलाई उच्च रक्तचाप र कम सुगरका कारण अस्पताल भर्ना गर्नुपरेको थियो ।

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला